बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोल स्थित 'स्वच्छ समाज युवा क्लबद्वारा" शनिबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष भूपेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोलका समाज सेवी, युवा, राजनीतिक दल, बुद्धिजीवी , प्राध्यापक, शिक्षा विद, महिला, प्रोफेसर, प्रहरी प्रशासन , पाँच नम्बर वडा का वडा समिति सदस्य, सञ्चारकर्मी, क्लबका पदाधिकारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै समाज सेवी तथा खेलकुद प्रेमी शिवशंकर पटेलले यस क्लबको माध्यमले समाजका सम्पूर्ण व्यक्तिहरू आज एकठाउँमा बसेर शुभकामना आदानप्रदान गर्न वातावरण पाएको प्रति क्लबलाई धन्यवाद दिए । साथै समाजको कार्यक्रममा राजनीतिक मनस्थिति न राख्न उनले सबैलाई आग्रह गरे । यसैगरी अधिबक्ता रामचन्द्र सिंहले शुभकामना दिँदै हामी मनुष्य भएको नाताले समाजका हरेक व्यक्तिलाई साथ सहयोग गर्न आग्रह गरे । उनले स्वच्छ समाज युवा क्लबले निरन्तर रूपमा समाजलाई जगाउने कार्य गर्दै आएको र अझ आगामी दिनमा पनि सामाजिक कार्यक्रम गर्दै अगाडि बढने शुभकामना दिए । यसैगरी प्रोफेसर जितेन्द्र वर्माले शुभकामना दिँदै सामाजिक कार्यमा पनि क्लबको क्रियाकलाप अगाडि बढाउन आग्रह गरे । यसैगरी वडा सदस्य दारासिंह पटेलले शुभकामना दिँदै सबैमा दीपावली तथा छठ पर्वले सुख शान्ति समृद्धि प्राप्त होस भन्ने कामना दिएका थिए । यसका साथै उनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यसैगरी परवानीपुर गाउँपालिका प्रत्यासी सञ्जु साहले गाउँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर क्लबले सराहनीय कार्य गरेको प्रति धन्यवाद दिए । उनले समाजका सम्पूर्ण व्यक्तिहरू राजनीतिक, सामाजिक, र आर्थिक रूपमा पनि बलियो हुन कुरामा जोड दिए । यस्तै समाजसेवी भरत ठाकुरले शुभकामना व्यक्त गर्दै क्लबको सिफारिसमा प्रतेक बर्ष २५ जना असहाय व्यक्तिलाई आँखाको सल्यक्रिया आफ्नो खर्चमा गराउने उद्घोष गरे । कार्यक्रममा डाक्टर प्रमोद यादव, डाक्टर अर्जुन पटेल, समाज सेवी असेस्वर पटेल,माओवादी नेता रामेश्वर पटेल, टेजप्रताप सिंह,सरोज यादव, सुमित शाह, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष उमेश साह , सदस्य प्रमोद यादव, मन्दिप यादव,अखिल पटेल, रञ्जित साह, लालबाबु यादव, त्रिलोकी पटेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य क्लबका कोष अध्यक्ष मुर्तुजा आलमले गरेका थिए भने सञ्चालन सचिव त्रिलोक प्रताप सिंहले गरेका थिए ।