वीरगञ्ज । यहि मंसीर ५ गते पर्साको पोखरिया नगरपालिकामा हुन गईराहेको पार्टी प्रवेश कार्यलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले तिब्र तयारीमा जुटेको छ ।
नेकपा एमाले पर्साले पार्टी प्रवेश कार्यलाई भव्य बनाउन कुनै कसर बाकि नराख्ने जिल्ला अध्यक्ष डा बिशम्बर शर्माले बताउनु भएको छ ।
राष्ट्रिय अध्यक्ष एवम पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने पार्टी प्रबेश तथा वृहत आमसभालाई भव्य बनाउन तयारीमा नेताकार्यकर्ता जुटेको एमालेका पर्सा क्षेत्र नं ३का नेता सुनिल कुशवाहाले बताउनुभयो ।
केन्द्रीय सदस्य , जिल्ला अध्यक्ष , क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष लगायत एमालेका पदाधिकारी जुटेर उक्त कार्यलाई सफल गराउनु युद्ध स्तरमा काम गरिरहेको पोखरिया नगर कमिटिका अध्यक्ष बिन्ध्याचल ठाकुरले बताउनुभयो ।
जसपाका राजनीतिक समिति सदस्य एवम पर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारसहित हजारको संख्यामा बिभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने योजना बनाएको नगर अध्यक्ष ठाकुरले बताउनुभयो ।
कार्यक्रममा पर्सा जिल्ला इन्चार्ज अच्युत मैनाली , सुमन प्याकुरेल , प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रिय सदस्य राजकुमार गुप्ता , प्रभु हजारा , निर्मला देवकोटा , केन्द्रिय सदस्य अरविन्द सिंह लगायतको सहभागिता रहेको थियो।