वीरगन्ज । छठ पर्बको उपलक्ष्यमा वीरगन्जस्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार रक्तदान कार्यक्रमममा ५७ जनाले रगतदान गरेका छन् ।
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ५७ जनाले रगत दान गरेका हुन् ।
घडीअर्वा छठघाट परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रनिषा गुप्ता,सिता दाहाल, खुशी श्रेष्ठ सुशील साह कानु , प्रभाकर गुप्ता , मनोहर साह ,रोहित बर्णवाल,सुरज साह सोनार,जितेन्द्र सिंह ,लखनलाल गुप्ता , सन्देश महतो, सन्तोष साह ,ओमप्रकाश गुप्ता, अंशु कुमार कानु, ओमप्रकाश बर्णवाल लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
यसअघि आँफैले रगत दान गरि रक्तदान कार्यक्रमको समुद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले छठ पर्बको धार्मिक अवसरमा रगत दान गरी समाज सेवाको अवसर पाउँदा गौरव महसुस गरेको बताए।
आयेजक क्लबका अध्यक्ष लखनलाल गुप्ताले विगत डेढ दशकदेखि छठ पर्बकै अवसरमा क्लबले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताए। धार्मिक अवसरमा सामाज सेवा पनि होस् भनेर आँफुहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।
वडाध्यक्ष कानुको प्रमुख आतिथ्यता एंव गुप्ताको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह साह कानु,पूर्वअध्यक्ष हिरा साह कानु, प्रेम साह कानु , उपाध्यक्ष राकेश साह , कोषाध्यक्ष तिलक साह , सहकोषाध्यक्ष कन्हैया गुप्ता , सुरक्षा उपसमितिका संयोजक मुन्ना साह, सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु , युवा अभियन्ता दिलीपराज कार्की लगायतको पनि उपस्थिती रहेको थियो ।