वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता , प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी , लेखापाल निरन्जन पटेल र राजस्व शाखा प्रमुख दामोदर द्विवेदीको मिलोमतोमा राजस्वको २३ लाख रुपैयाँ ठेकेदारले अलपत्र परेका छन् ।
गाउँपालिकाको वडा नं २ मधुबनी स्थित रहेको पोखरी २ साल पहिला टेण्डर आहृवान गरी स्थानिय उपेन्द्र सहनीको नाम ठेक्का सम्झौता गरि उनी उक्त पोखरीको माछा मारी बीच बिखन गर्दै आए पनि उनले हालसम्म ठेक्का वापतको रकम पालिकामा बुझाएका छैन । एक करोड बराबरको रकम सम्झौता गरेका ठेकेदारले २ वर्ष देखि हालसम्म टेण्डर वापतको एक रुपैयाँ पनि बुझाएका छैन ।
अध्यक्ष सुरेश मेहताले आफ्नो स्वार्थले पुरा हुदा उनलाई संरक्षण दिदै आएका हुन् । अध्यक्ष मेहता राजस्वको पैसा खातामा जम्मा नगरी अध्यक्ष सहितका कर्मचारी र उनका आसेपासे दलालहरुलाई बगबन्दा लगाई लिने गरी आन्तरिक सम्झौता गरी उनलाई संरक्षण गर्दै आएको स्रोतले जनाएको छ ।
गत असोज महिनासम्म चौथो किसताको २३ लाख तिर्नु पर्ने थियो तर अहिले सम्म बक्योता किसता नतिर्दे ठेक्कादारले माछा मार्दै आएका छन ।
तिहार अगाडि पोखरीको बक्योता रकम तिर्न चौतर्फी दबाब पछि पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले केहि दिन अगाडी माछा नमार्ने गरी आदेश गरेका थिए ।
छठपुजा अगाडि पोखरीमा ठेक्कादारले माछा मार्ने क्रममा पालिकाको आदेशमा प्रहरीले रोक्का गराएको थियो ।
स्रोतका अनुसार माछा मार्ने रोक्का भएपछी हिजो ठेक्कादारसंग ६ लाखको बार्गेनिङ गरी अध्यक्ष सहितका कर्मचारीहरुलाई फेरि उनलाई आज सोमबार माछा मार्ने आदेश गरेका थिए तर चौतर्फी दबाब पछि आज पनि माछा मारिएको छैन ।
यस विषयमा सम्बन्धित वडाका वडा अध्यक्ष मुकुट प्रसाद चौहानले आफु बारम्बार राजस्वको पैसा खातामा जम्मा गर्न दबाब दिंदा पनि अध्यक्षले आफु आर्थिक लाभका लिनका लागि त्यो रकम जम्मा नगर्न उनलाई संरक्षण दिँदै आएको उनले बताए । यस विषयमा पकाहामैनपुर गाउँपालिका अध्यक्ष मेहता , प्रमुख प्रशासकीय अधिकृत चौधरीको फोन बारम्बार फोन गर्दा पनि फोन सम्पर्कमा आउन चाहेनन् ।