वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले कपोक्लपित र भ्रामक समाचारको पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
अध्यक्ष गुप्ताले आफु विरुद्ध चरित्र हत्या गर्ने उद्देश्यले केहि सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको प्रति आफु र छिपहरमाई गाउँपालिकाको गम्भीर ध्यााकर्षण भएको उल्लेख गर्दै सञ्चारकर्मीहरु संगको भेटमा अध्यक्ष गुप्ताले गाउँपालिकामा गरिने सम्पूर्ण विकास निर्माणको काम गुणस्तरिय भएकोले जो कोहीले चेक जाँच गर्न सक्ने बताएका छन् ।
आफूले आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा हुने विकास निर्माणको कामको नियमपूर्वक सार्वजनिक सूचना प्रकाशित गरी ठेकेदार कम्पनीहरु बीच प्रतिस्पर्दा गराई काम भन्दा रकममा ठेक्का कबुल गर्ने ठेकेदार कम्पनीलाई ऐन कानुन बमोजिम ठेक्का दिएको र कोही कसैलाई आफन्तको मुख हेरेर ठेक्का कबुल नगरिएको अध्यक्ष गुप्ताले बताएका छन् ।
स्थानिय बासिन्दाहरुसंग बुझ्दा पनि अध्यक्ष गुप्ताले अघिल्लो कार्यकालमा पनि राम्रो काम गरेकोले जनताले दोहोर्याएर जिताएको बताउँदै अरु पालिकाको भन्दा छिपहरमाई गाउँपालिका गुणस्तरिय विकास निर्माणको काम भएको बताएका छन् ।
उनीहरूले अध्यक्ष मनोज गुप्तालाई बद्नाम गर्न विपक्षीहरुले झुठो कलोक्लपित समाचार प्रकाशन गर्न लगाएको पनि दाबी गरेका छन् ।
स्थानिय प्रदीप पटेल भन्छन् मनोज गुप्ताले अघिल्लो पाँच वर्षको कार्यकालमा राम्रो काम गरेकोले जनताले दोहोर्याएर जिताएकोले विपक्षीहरु तिलमिलाएर केहि पत्रकारहरुलाई प्रभावमा पारेर भ्रामक समाचार प्रकाशन गराएको बताएका छन् ।
सबैभन्दा पछाडि परेको पर्साको छिपहरमाई गाउँपालिकामा मनोज गुप्ता निर्वाचित भए पछि विकास निर्माण , शिक्षा , स्वास्थ्य, कृषि र सडक लगायतको विकास भएको स्थानियको भनाई छ ।
जति पनि काम भएका छन् राम्रो भएको छ भन्दै अर्का एक स्थानिय सुबास साहले गुप्ताको प्रशंसा समेत गरेका छन् ।
अध्यक्ष गुप्ताले आफु विरुद्ध प्रकाशित समाचारमा सत्यता नरहेको दाबी गर्दै आफ्नो कार्यकालमा भएको कामको गुणस्तर छानबिन गर्न समेत चुनौती दिएका छन् ।
अध्यक्ष गुप्ता प्रतिको बढ्दो जनताहरूको आकर्षण तथा लोकप्रियता सहन नसकेर विपक्षीहरुले हतार हतारमा उहाँलाई बदनाम गराउन यस्तो घिनौना कदम उचालेको स्थानियहरुले बताएका छन् ।