वीरगन्ज । नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साको जिल्ला समिति सर्वसम्मतले चयन भएको छ । २०८० मंसिर १८ गते पर्साको वीरगन्जमा बसेको बैठकले नेपाल कमर्शियल आर्टिष्ट संघ पर्सा जिल्ला समिति सर्वसम्मतले चयन गरेको हो ।
कमर्शियल तथा श्रमजिवि आर्टिस्टहरुको हक हितका लागी आर्टिस्टका केन्द्रिय अध्यक्ष चन्द प्रसाद राजवंशीको उपस्थितीमा बसेको बैठकले जंगबहादुर पण्डितको अध्यक्षतामा १३ सदस्यिय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कमलेश सराफ , सचिवमा शुशिल कुमार पाण्डे , कोषाध्यक्षमा वीरेन्द्र पाण्डे , सदस्यमा ऋषिकेश कुमार दास , सन्दिप कुमार , शेख फर्मुद आलम , सफिकुल अन्सारी , सुरेश पंडित , भुवन खान , अजय कुमार गुप्ता , इम्तियाज आलम र सरोज कुमार राउत रहेका छन् भने समितिको सल्लाहकारमा देव कुमार श्रेष्ठ रहेका छन् ।
उक्त बैठकमा केन्द्रिय सचिव सुबास केसी , संयोजक केशर सिं लामा , उपाध्यक्ष सुबास बस्नेत , केन्द्रिय सललाहकार बलिराम साह लगायतको उपस्थिति रहेको थियो ।