वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा भएको बेथिति , अनियमिता र भ्रष्टचारविरुद्ध नेपाली कांग्रेस बाहेक सम्पूर्ण पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरुले विरोध गर्दै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले , जसपा र जनमत पार्टीका गाउँपालिका अध्यक्ष , उपाध्यक्षसहितको गएको टोलीले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै विरोध जनाएका छन् ।
जसपा संघीय परिषद सदस्य शिवजी प्रसाद सोनी , नेकपा एमाले पालिका कमिटी उपाध्यक्ष नवल पटेल , जनमत गाउँपालिका संयोजक फरिन्द्र चौहान लगायतको नेतृत्वमा गएको टोलीले मंगलबार प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई बुझाएको ज्ञापन पत्रमा राजनैतिक दलका गा.पा. अध्यक्ष तथा उपाध्यक्ष र प्रतिनिधिहरु गाउँपालिकाको भ्रष्टाचार तथा अनियमीताको बारेमा सामाचार समाजिक संजाल र पत्र पत्रिकाहरूबाट पढन र सुन्न पाउदा सो समाचार प्रति हाम्रो ध्यान आकर्षण भएको हो भनी उल्लेख गरिएको छ ।
साथै १ . पकहाँनैनपुर गाउँपालिका आ. ब. २०७९ वैशाख देखी हालसम्म कुन कुन योजनाहरु संचालन भएको छ त्यसको विस्तृत विवरण उपलब्ध गराउनु पर्ने ।
२.पकहाँनैनपुर गाउँपालिका आ. ब. २०७९ वैशाख देखि हालसम्म गा.पा. अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्ष स्तरबाट संचालन भएको शिर्षक र योजनाहरू सम्मको विस्तृत विवरणमा सहित लगायत अन्य खर्च विवरण उपलब्ध गराउनै पर्ने ।
३. पकहाँनैनपुर गाउँपालिका आ.ब. २०७९ बैशाख देखि हालसम्म विभिन्न तह र पदमा नियुक्ति भएको दैनिक ज्यालदारी र करार नियुक्ति लगायत कर्मचारी नाम सहित र निजहरूले खाई पाई रहेको सेवा सुविधा सहितको विस्तृत विवरण उपलब्ध गराउने ।
४. पकहाँमैनपुर गाउँपालिका आ. ब. २०७९ बैशाख देखि हालसम्म इन्धनमा खर्च विवरण उपलब्ध गराउनु पर्ने ।
५. यस गा.पा. वाट सनचालित जेसिवी र एम्बुलेन्सवाट के र कति आमदानी र खर्च बिवरण उपलब्ध गराउनु पर्ने ।
६.यस गा.पा. बाट दिईएको आर्थिक सहयोग र कन्या विवाहमा दिईएको सहयोग नाम सहितको विवरण उपलब्ध गराउने पर्ने ।
७.यस गा.पा. आ. ब. २०७९ बैशाखदेखि हालसम्म गरिएको नियुक्ति नाम सहित कुन प्रक्रियावाट र कुन कुन पदमा तथा कुन कार्यालय कार्यरत छन् त्यसको विवरण सहित उपलब्ध गराउनु पर्ने ।
८.यस गा.पा. अन्तर्गत गुणात्मक शिक्षा संचालनको लागी बनाईएको निजी सहित हालसम्मको विभिन्न शिर्षक विनियोजित रकम जस्तै छात्रवृति भवन निर्माण हालसम्मको भएको खर्चको रकम शिर्षक सहित विवरण उपलब्ध गराउनु पर्ने ।
९. यस गा. पा. अन्तर्गत जेन्सी शाखामा मिती २०७९ वैशाख देखि हालसम्मको विनियोजित रकम र खर्च भएको विवरणमा उपलब्ध गराउनु पर्ने । भनी ९ बुँदे ज्ञापनपत्र बुझाइएको हो । साथै एक हप्ता भित्र जवाब उपलब्ध नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
देश सँगै गाउँपालिका पनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्ने गरि गाउँपालिकाले नै गरेको भ्रष्टचार कदाचित राम्रो काम होइन’, संघीय परिषद सदस्य सोनीले भने, ‘हामीले तत्काल भ्रष्टचार रोक्नका लागि अपील गरेका हौँ । हाम्रो यो शान्तिपुर्ण दबावलाई गाउँपालिकाले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’
पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि पलिकालाई दबाव दिने र अनियमिता , बेथिति र भ्रष्टचार रोक्न बाध्य बनाउन लागि रहने उनले बताए ।गाउँपालिकाले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए ।
गाउँपालिकामा भएको अनियमितता , बेतिथी र भ्रष्टचारको ढाकछोप गर्न केहि सञ्चारमाध्यमले सक्रियता देखाएकोमा उहाँहरूले खेद व्यक्त गरेका थिए । यदि साच्चिकै गाउँपालिकामा भ्रष्टचार भएको होइन भने पालिकाद्वारा गरिएको टेण्डर खारेज किन गरियो । सार्वजनिक पोखरीमा दुई चोटि माछा मार्न लगाउने झाल किन निकालियो । भन्ने उहाँहरुले प्रश्न समेत गरेका थिए ।