वीरगन्ज । ग्लोबल आई.एम.ई. बैकका कर्मचारी सेवाग्राहीको रकम हिनामिना गरेको आरोप लागेको छ । यातायात व्यवस्था कार्यालय वीरगंजस्थित ग्लोबल आई.एम.ई. बैकमा काम गर्ने कर्मचारीले झुक्याएर सेवाग्राहीको रकम हिनामिना गरेको आरोप एक सेवाग्राहीले लगाएका छन् ।
झुक्याएर रकम हिनामिना गरेको भिडियो संकलन गर्दा ग्यालेक्सी टेलिभिजनको क्यामरा फुटाई दिएका छन् । काठमार्डौबाट सवारी चालक अनुमति पत्र ‘बी’ को राजश्व बुझाउन आएका दुईजना सेवाग्राहीले बुझाएको राजश्वको फारममा कार्बन कपी नआएको भन्दै लेखेर ल्याउन भन्दै बैकप्रति र एक हजार रुपैयाँ बैंकका कर्मचारीले लिएर पछि थाहा नभएको भन्दै रकम हिनामिना गरेको आरोप उनी लगाए ।
भरतवा घर भई काठमाडौँ बस्दै आएका नविन गिरी र अभिशेक कुमार महतोले राजश्व फारम सहित दिएको रकम कैस काउण्टरकी कर्मचारीले रातो फारमको कार्बन कपीमा अक्षर नआएकाले भरेर ल्याउन भनेर पठाउँदा कैस काउण्टर मै ग्लोबल आईएमई बैककै कर्मचारीले राखेको पैसा खुश्बु रौनियारले लिएर पैसा र फारम अतोपतो नरहेको प्रतिक्रिया दिएको गिरीले बताए ।
५ मिनेट मै भरेर ल्याएको फारम र पैसा थाहा नभएको भन्दैगर्दा भिडियो छ्याकन गरिरहदाँ उनले ग्यालेक्सी फोके टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख जियालाल साहको क्यामरा तोडिदिएकी छिन् ।
यातायात व्यवस्था कार्यालय वीरगंजस्थित ग्लोबल आई.एम.ई. बैकमा काम गर्ने खुश्बु रौनियारले उक्त रकम र रसिद लिएर अरुले लगिसकेको भन्दै झुक्याएकी थिईन् । काउण्टर बाहिर सिसाले फ्रेम गरेको अवस्थामा अन्यले रसिद र रकम लग्न सक्ने अवस्था नरहेको बेला काउण्टर भित्र सिसि क्यामराको निगरानीमा झुक्याएर रकम उनी सहितका कर्मचारीहरुले मिलोमतोमा हिनामिना गरेकी सेवाग्राही गिरीले बताए ।
विवाद भएपछि ग्यालेक्सी फोके टेलिभिजनका सञ्चारकर्मीले भिडियो खिचिरहेको बेलामा उनले क्यामरा खोसाखोस गर्दै लेन्स समेत तोडिदिएकी छिन् । सेवाग्राहीको रकम हिनामिना गरेको सम्बन्धमा सोध्दै गर्दा क्यामरा खोस्ने मात्र हैन् क्यामरा फुटाईदिने भन्दै क्यामरा फोरिदिएकी छिन् ।
आफै कैस काउण्टरकी प्रमुख भएको अवस्थामा आफै रकम लिएर अन्यले लिएर गएको भन्दै जोगिन खोज्दै विवाद जब यातायात व्यवस्था कार्यलयका प्रमुख कमल गौतम कहाँ पुग्यो खुश्बी रौनियारले भने रातो कार्वनकपी विना नै रसिद काटेर लिएर आएकी थिईन् । पैसा चोर्ने उदेश्यले काउण्टर भित्र रहेर कसैलाई फोन समेत नगरी पैसा अरुले लगेको भन्नु नै हिनामिनाको उदेश्य रहेको देखिन्छ ।
यस विषयमा नेपाल पत्रकार महासंघलाई जानकारी गराइएको र गैर जिम्मेवार कर्मचारीलाई कार्वाही गर्न ग्यालेक्सी टेलिभिजन माग गर्दछ ।