बीरगंज । नेपालको प्रमुख भन्सार नाका आई.सि.पी. बीरगंज भन्सारमा एक जना कामदारले आनाह्कमा ज्यान गुमाएका छन । प्राथमिक उपचारको अभावमा ती कामदारले ज्यान गुमाएका कारण त्याँहा कार्यरत कामदार लगायत अन्य कर्मचारीहरु तनावमा रहेका बुझिन आएको छ ।
नेपाल कै प्रमुख भन्सार आई.सि.पि. ठेक्कामा लिएका ठेकेदार गणेश घिमिरेले आई.सि.पि परिसर भित्र नेपाल सरकारले बनाएको भवनमा एकजना चिकित्सक हेल्थ एसिटेण्ट समेत राखेको भए पनी ठेकेदार घिमिरले पैसाको बचत गर्ने लोभमा ती स्वास्थ्यकर्मीलाई हटाई दिएका कारण ती कामदारको त्यहाँ उपचार नपाएर नारायणी अस्पताल लाग्दा लाग्दै बाटैमा मृत्यु भएको छ ।
आईतबार दिउँसो प्यास लागेर त्यहाँ स्थित चपाकलमा पानी खान जाँदा चिप्लेर भारतको मोतीहारी जिल्ला रक्सौल थाना कौडिहार चौक १ बस्ने इस्वरी साह घाईते भएका थिए ।
सामान्य चोटपटक लागेका कामदारको प्राथमिक उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको हो । त्यहाँ प्राथमिक उपचार केन्द्र सरकारले बनाएपनि ठेकेदार घिमिरेले मुद्रामोचनको लोभमा हटाएका कारण उनको ज्यान गएको त्यहाँ कार्यरत रहेका अन्य कामदारहरुले आरोप लगाएका छन् ।
यस्ता ज्यानमारा र लापरवाह ठेकेदार विरुद्ध १–२ जना कामदारहरुले विरोध गर्ने प्रयास गर्दा ठेकेदार घिमिरेले ती कामदारहरुलाई धाक धम्की दिए पछी उनीहरु तत्काल शान्त भए पनि उनीहरु चु्प लागेर नवस्ने नाम नखुलाउने शर्तमा त्यहाँ कार्यरत एक काचरीले बताएका छन् ।
नेपाल सरकारले बनाई दिएको स्वास्थ्य भवनमा ठेकेदार घिमिरेले आफनो विश्वास पात्र तर्कराज जोसीलाई व्यवस्थापक बनाएर सोही स्वास्थ्य भवनमा बास स्थान बनाएको विषयले स्थानियहरु समेत आक्रोशित भएको बुझिएको छ ।
ठेकेदार घिमिरेको बदमासि र हिटलरी पारालाई स्थानिय प्रहरी , प्रशासन र सम्वन्धित निकायले कसरी लिएको छ , सो हेर्न भने बाकी छ । मृतक साहको शवलाई आईतबार नै उनका आफन्तले बुझि लगी सकेको प्रहरीले जनाएको छ ।
यसको विषयमा ठेकेदार घिमिरेसँग बुझ्न खोज्दा उहाँ सम्पर्कमा आउनु भएन ।