वीरगन्ज । क्याप्टिभेटिङ इन्टर नेसनल फाउण्डेशनको सहयोगमा आसमान नेपालको आयोजनामा संचालित बालिकालाई पछाडि नपारौ परियोजना अन्तर्गत जिराभावानी गाउँपालिकामा संचालन भएको दृत सिकाइ केन्द्रहरूको आज अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा जिराभावानी गाउँपालिकाको उपाध्यक्ष रेखा चौधरीले केन्द्रमा पढिरहेका किशोरीहरुलाइ विधालय भर्ना हुन सुझाव दिएका थिए । उनले पालिकामा रहेका विधालय छोडेका किशोरीहरुलाइ आसमान नेपालले ९ महिना पठनपाठन गराइ उनिहरुको पढाई सुचारु गराएकोमा प्रसंसा व्यक्त गर्नु भयो । उनले पुनः विधालय पढ्न जाने किशोरीहरुलाइ पालिकाबाट आवश्यक सहयोग गर्ने बताइन् ।
केन्द्रमा पढिरहेका किशोरीहरुले किताब पढन, सामान्य हिसाव गर्न,जिवन उपयोगी शिप, चित्र बनाउन, बालबिवाह गर्दा हुने बेफाइदा, बालश्रम,महिला हिंसा, लगायतका बारे सिकेका कुराहरु अनुगमन टोलीलाइ बताएका थिए ।
अनुगमन टोलीमा शिक्षा शाखा प्रमुख सिवराज फुयाँल, संतोष फुयाँल,वाडा अध्यक्षहरु रामशरण खवास, राजेश्वर दास,वाडा सदस्य दसरथ दहैत, प्रमोद चौधरी, श्याम सुन्दर चौधरी, प्रधानाध्यापक खेमराज महतो,कृपासेनदु चौधरी, पत्रकार कृष्ण मोहन साह, आसमान नेपालका पालिका संयोजक धरमेन्द्र चौरसिया,लेखापाल मोहमद मंजुर लगायतको उपस्थिती रहेको थियो ।
आसमान नेपालले उक्त पालिकामा विधालय छोडेका, कहिल्यै विधालय नगएका १० देखि १८ वर्षको २४१ जना किशोरीहरुलाइ १० वटा केन्द्रमा राखेर ९ पठनपाठन गराउने कार्यक्रम गर्दै आइरहेको छ,सोही केन्द्रको अनुगमन गरिएको थियो ।