वीरगन्ज । तेस्रो दिनको पहिलो खेलमा युपी ११ लाई नेपाल पुलिस क्लबले ६ विकेटले पराजित गरेको छ । युपी ११ दिएको लक्ष्य पुलिसले १४.२ बल खेल्दै चार विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसका लागि शंकर राणाले नटआउट ३६ बलमा ३४ रन बनाए ।
यस्तै पुलिसका कप्तान आरिफ शेखले २३ बल खेल्दै २३ रनको योगदान दिए । अर्को खेलाडी दिलिप नाथले १७ बलमा २१ रन जोडे ।
प्रतियोगितामा युपी ११ का अहमदले २ विकेट लिएका हुन । उनले चार ओभरमा २७ रन मात्र दिए । अर्को बलर भिम र वासीले एक - एक विकेट पाए । भिमले दुई ओभरमा १० रन र वासीले ३ ओभरमा १४ रन दिएका हुन् ।
यसअघि युपी ११ ले सात विकेटको क्षतिमा ८८ रन बनाएको थियो । वीरगन्जको नारायणी रंगशालामा जारी रहेको खेलमा युपी ११ ले बीस ओभर खेल्दै ७ विकेटको क्षतिमा ८८ रन बनाएको हो ।
युपी ११ का लागी निखिल प्रतापले २८ बल खेल्दै २४ रन बनाए । अर्को खेलाडी जयदीप सिंहले ३१ बलमा १७ रन र शुभम चौधरीले १९ बलमा १५ रन जोडे ।
खेलमा पुलिसका बलर रसीद खानले तिन विकेट लिए । उनले चार ओभरमा १४ रन दिएका हुन् । अर्को बलर करण केसी र सागर ढकालले दुई - दुई विकेट लिए । करणले चार ओभरमा २० रन र सागरले चार ओभरमा २३ रन दिए ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दैछन् ।
सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ ।