बिरगंज । मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।। भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च पिर्साको दोश्रो जिल्ला सम्मेलन पर्साको बिरगंजमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं मधेसप्रदेश सरकारका उद्योग, बाणिज्य तथा पर्यटन राज्यमन्त्री माननीय रहवर अन्सारीले राज्यको संरचनात्मक रुपान्तरण मार्फत कृषिमा आधारित बधुवा मजदुर हरवाचरवाको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चीत गर्नका लागि नितिनिर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकतामा आम रुपमा परिवर्तन हुन आवश्यक रहेको कुरा बताउनु भयो । साथै उहाँले समाजमा पछाडी पारिएका बर्ग र समुदायको हितका लागि राज्यले गरिवमैत्री निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन संयन्त्रको बिकास गरिनुपर्ने कुरा औल्याउनुभयो । मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि मधेसप्रदेश सरकारले एउटा रणनितिक कार्ययोजना निर्माण गर्न आफु तत्पर रहेको कुरामा प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशीष्ट अतिथी एवं मधेशप्रदेश सभा सदस्य माननीय प्रमोद जैसवालले हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी २०८० यथासक्य चाँडो पारित गरि हरवाचरवाको पहिचान मार्फत पुनस्र्थापना कार्यक्रमलाई अगाडी बढाउन आफुले मधेशप्रदेशसभामा जोडदार ढंगले सवाल उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले यसका लागि स्थानिय सरकार र संघीय सरकारसंग समन्वय कायम गरिनुपर्ने र यसमा बिकास साँझेदारको पनि सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो । सम्मेलनको उदघाटनसत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेसप्रदेश कमिटी सदस्य लभकुश बैठा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पर्साका सचिव बिक्रम चौरसिया, नेपाल बार एशोसियशन पर्साका अध्यक्ष कमल मोहन पोखरेल, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छटटु शाह, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, दलित नेता प्रभु पासवान, मदन हजारा र राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम बहादुर सार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । जिल्ला हरवाचरवा अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला हरवाचरवा एक्टीभिष्ट बृजलाल पासवानले स्वागत गर्दै सम्मेलनको औचियत्तामाथी प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत रुपनारायण पासवानले गरेका थिए ।
सम्मेलनले अमरदेव पासवानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च पर्सा गठन गरेको छ । मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमसः. उमापती माँझी, खेदन माँझी, शोभादेवी राम र रीतादेवी पासवान चयन हुनुभएको छ । साथै मञ्चको सदस्यहरुमा शेर बहादुर पाशवान, रामआशिष राम, तेतरी माँझी, धनराज राम, बेदामीदेबी राम, सुदामादेवी, लालमुनीदेवी राम, लालमनी कम्कर, शिव पाशवान र भागमतीदेवी राम सदस्यहरुमा रहनु भएको छ ।