वीरगञ्ज । ज्योती दैनिकले प्रकाशन गरेको शीर्षक जनताको करमा मनोमानी , श्रीमती उपाध्यक्ष श्रीमान स्वकिय सचिव र पकाहामैनपुर गाउँपालिकाको नियुक्तिमा भागबन्डा , उपाध्यक्षको ५० वर्षिय श्रीमान कर्मचारीमा नियुक्त राखी प्रकाशन गरेको समाचारको प्रभावले पर्साको पकाहामैनपुर गाउँपालिकाले दैनिक ज्यालादारी लगायत करारमा कार्यरत ४१ जना कर्मचारीलाई आज बसेको बोर्डको बैठकले हटाएको छ ।
वर्तमान अध्यक्ष सुरेश मेहताले नियुक्त गरेका ३५ जना र निवर्तमान गाउँपालिका अध्यक्ष विजय चौरसियाको पालामा नियुक्त भएका ६ जना गरी ४१ लाई बुधबार बसेको कार्यपालिका बैठकले खारेज गरेको कार्यपालिका सदस्य तथा वार्ड न १ का वार्ड अध्यक्ष विनोद मेहताले जानकारी दिनुभयो ।
गाउँपालिकामा सल्लाहकार ,स्वकिय सचिव , कम्प्युटर अपरेटर , कार्यालय सहयोगी , सुपरभाईजर गरी ४१ जना कर्मचारी दैनिक ज्यालादारीमा कार्यरत रहेको प्रशासन प्रमुख हरिमोहन महतोले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष सर्फुन नेसाको स्वकिय सचिव उनकै श्रीमान नर्शुल्लाह मियाँ , भतिजो जाकिर हुसैन , रमेश मेहता , मुन्ना पटेल , पशु प्राविधिक दीपक यादव , गैसस महासंघ पर्साका अध्यक्ष छठू साह लगायत ४१ जना कर्मचारीलाई आर्थिक अभावले हटाइएको वडा अध्यक्ष मेहताले जानकरी गराए ।
गाउँपालिका अध्यक्ष सुरेश मेहताको कार्यकाल देखि नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत उनीहरुलाई माघ १ गतेदेखि काममा नआउन आज बसेको बोर्डको बैठकबाट निर्णय गरी भनिएको छ ।
जनताको करमा मनोमानी , श्रीमती उपाध्यक्ष श्रीमान स्वकिय सचिव ।
पकाहामैनपुर गाउँपालिकाको नियुक्तिमा भागबन्डा , उपाध्यक्षको ५० वर्षिय श्रीमान कर्मचारीमा नियुक्त ।
पकाहाँमैनपुरमा सतर्कता केन्द्रको छापा , भ्रष्टाचारको आशंकामा कागजात जफत !