वीरगन्ज । डाक्टरलाई भगवानको रुप मानिन्छ। १० मध्ये ७ जना बच्चाले डाक्टर बन्छु भनेको अहिले पनि प्रसस्तै सुन्न पाइन्छ। आफ्नो सन्तानलाई डक्टर साप भनेर बोलाको सुन्दा खुसि नहुने अभिभावक पनि बिरलै होलान !
डाक्टर बन्ने यात्राको सुरुवात हुने भनेको नेपालको चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परिक्षा बाट हो। नेपालका विश्वविद्यालयहरुमा छात्रवृति तथा शस्शुल्क सिटहरुको भर्ना प्रक्रिया सम्पन्न भए पश्चात धेरै विद्यार्थीहरुका लागि विदेशमा रहेका विश्वविद्यालयहरु पनि एम.बि .बि एसका लागि विकल्पका रुपमा हुने गरेको पाइन्छ।
तर कस्ता कलेजहरु छनौट गर्ने नगर्ने भन्ने विषयमा करियर कन्सल्टेन्टको ठुलो भूमिका रहेको हुन्छ । यसै करियर कन्सल्टेन्टको क्षेत्रमा ख्याति प्राप्त नाम हो वाईड रेन्ज कन्सल्टेन्सी (डब्लु आर सी) । कम्पनिका संस्थापक सुदिप कुमार नायकले सन् २००६ मा जनकपुर राजविराज र काठमाडौँ लगायतका स्थान हरुमा डब्लु आर सीको स्थापना गर्दै हाल भारत लगायत अन्य विभिन्न मुलुहरुमा पनि डब्लु आर सी आफ्नो छाप छोड्न सफल भएको छ.
रोजेको देशको भाषा रहन सहन भर्नाको लागि चाहिने मापदण्ड एवं शुल्कहरुको सहि जानकारी वाईड रेन्जले दिने गरेको नेपाली बिधार्थीहरुका लागि बिश्वासिलो कन्सल्टयान्सीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । वाईड रेन्ज कन्सल्टेन्सी प्रा लि १२ मार्च २००६ मा नेपाल कम्पनि अधिनियममा पंजीकृत शैक्षिक परामर्शदाता संस्था हो। आफ्नो स्थापनाकाल देखि नै विश्वका २० भन्दा बढी राष्ट्रहरुमा बिद्यार्थीहरुलाई विभिन्न जानकारीहरु प्रदान गर्दै नेपाल, भारत , बंगलादेश, चीन, यु ए इ, श्रीलंका , माल्दिभ्स लगायतका देशहरुको शैक्षिक संथानहरुमा भर्ना गराउन ठुलो भूमिका निर्वाह गर्दै आएको छ।
डब्लुएचओ,बिएमडिसी,एनएमसी,आइएमईडी साउथ इन्सट एसिया मान्यता प्राप्त युनिभर्सिटीहरुमा वाइड रेन्ज बिधार्थीहरुलाई पठाउँदै आएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त रहेको कन्सल्टयान्सीले नेपाल भारतको शिक्षालाई अझै उच्चाईमा पु¥याउनको लागिको काम गर्दै आएको छ ।
वाईड रेन्जले २० भन्दा बढीमा मान्यता प्राप्त टप युनिभर्सिटीहरुमा भर्नाको लागि बिधार्थीहरुलाई उनीहरु सहि प्रामर्शदाताको रुपमा काम गरी रहेको छ ।
हाल मेडिकल शिक्षाका निम्ति नेपालि बिद्यार्थी हरुको पहिलो रोजाइको रुपमा बंगलादेश रहेको पाइन्छ। जसका लागि हरेक बर्ष बंगलादेश सरकारले छात्रवृति तथा शस्शुल्क तर्फका सिट हरुमा भर्नाको लागि अनलाइन आवेदन आव्हान गर्दछ । बंगलादेशको जुनसुकै मेडिकल कलेजमा भर्नाका लागि यो प्रक्रिया अनिवार्य हुन्छ। प्रत्येक बर्ष सानो त्रुटीहरुले गर्दा धेरै विद्यार्थीहरुको फर्म रिजेक्ट हुने गर्दछ। जसको समाधानका लागि वाइड रेन्ज कन्सल्टेन्सीले विद्यार्थीहरुका लागि यो सेवा निशुल्क उपलब्ध गराएको छ।
अनलाइन आवेदन यहि पौष १९ गत्ते बाट दिन सकिनेछ। नेपाल बाट कतिपय विद्यार्थी हरु गलत जानकारी को भरमा मेडिकल कलेज हरुमा भर्ना लिने र त्यहाँ पुगेर आफुले अपेक्षा गरे बिपरितको अवस्था हरु झेल्नु परेको घटनाहरु पनि बेला बेलामा सुन्न पाइन्छ। भर्ना लिदा विद्यार्थी आफु पनि जागरुक हुन जरुरि छ।
कलेजको बारेमा जानकारी आजभोलि इन्टरनेटमा पनि पाउन सकिन्छ । तर सबै जानकारी सहि हुन्छ भनेर पुष्टि भने गर्न सकिन्न। यसै कुरालाई मध्यनजर गर्दै वाईड रेन्ज कन्सल्टेन्सीले यहि माघ ४ र ५ गत्ते एम बि बि एस इन बंगलादेश एजुकेशन फेयर गराउदैछ। जसमा बंगलादेशको प्रतिष्ठित मेडिकल कलेज हरुका प्रतिनिधिहरु संग विद्यार्थीहरुले प्रत्यक्ष अन्तरक्रिया गर्न पाउन सक्नु हुनेछ। कार्यक्रममा आउनुहुने बिद्यार्थीहरुको लागि विभिन्न उपहारहरुका साथै छात्रवृतिहरुको पनि ब्यबस्था गरिएको छ।
कार्यक्रम बिहान को १० बजे देखि बेलुका को ५ बजे सम्म डब्लु आर सीको प्रधान कार्यालय सिम्खडा प्लाजा पुतलीसडकमा संचालन हुदैछ। मेडिकल शिक्षाका लागि बंगलादेशको उत्कृष्ट कलेजहरुको खोजिमा रहनु भएका बिद्यार्थी तथा अभिभावकका लागि यो कार्यक्रमसुन मा सुगन्ध जस्तै हुने अपेक्षा संस्थापक सुदिप कुमार नायक को रहेको छ।