वीरगन्ज । वीरगन्ज महानगरपालिकाको बजार अनुगमन तथा व्यवस्थापन समितिले वीरगन्जका ६ वटा सुनचाँदी पसलमा अनुगमन गरेकाे छ।
महानगरका उपमेयर ईम्तियाज आलमको संयाेजकतत्वमा गठित अनुगमन समितिले बिहीबार वीरगन्ज बजारमा ६ वटा सुनचाँदी पसलमा अनुगमन गरेकाे हाे।
सुनचाँदी पसलेले ढक तराजुमा गडबड गरेर ग्राहकलाई ठग्दै आएकाे गुनासाे आएपछि महानगरकाे अनुगमन समितिले सुनचाँदी पसलहरुमा पुगेर ढक तराजुकाे मापदण्ड जाँच गर्नुका साथै पसलका आवश्यक कागजपत्रपनि साेधीखाेजी गरेकाे अनुगमन टाेलीका एक सदस्यले जानकारी दिए।
अनुगमनका क्रममा केही पसलेले महानगरपालिकामा व्यवसाय दर्ता नै नगरेकाेपनि फेला परेकाे पाईएको उनले बताए।उनका अनुसार, निरज ज्वेलर्स,शंकर साह उपेन्द्र कुमार सर्राफ ज्वेलर्स,प्रिन्स एण्ड खुशी ज्वेलर्स,कोमल कुसुम आभुषण कला केन्द्र,दशैं साह ज्वेलर्समा महानगरले अनुगमन गरेकाे हाे ।
अनुगमनका क्रममा शंकर साह उपेन्द्र सर्राफ ज्वेलर्स र कोमल कुसुम आभुषण कला केन्द्रले महानगरबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको देखिएकोले सात दिन भित्र कार्यालयमा कागजातसहित लिएर उपस्थित हुन निर्देशन दिइएको अनुगमन टाेलीमा सहभागी महानगरका खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार लाल दासले जानकारी दिए।
अनुगमन टोलीमा महानगरका खाद्य अधिकृत दास , नापतौल तथा गुणस्तर कार्यालय वीरगन्जका आनन्द कुमार गुप्ता , मनिष कुमार गुप्ता , जिल्ला प्रशासन कार्यालय पर्साका ब्रम्हदेव प्रसाद यादव , उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल,सशस्त्र प्रहरी सहायक निरीक्षक वीर बहादुर लामा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी सहायक निरीक्षक विनोदमान सिंह लगायतको सहभागीता रहेको थियो ।