वीरगन्ज । पर्साको वीरगञ्जमा संचालित आयरा एकाडेमी +२ कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूका लागि आईतबार स्वागत कार्यक्रम सम्पन्न गरेका छन ।
वीरगन्ज स्थित सोल्टी पार्टी प्यालेसमा कक्षा १२ का बिधार्थीहरुले आयोजना गरेको स्वागत कार्यक्रममा बिधार्थीहरुले सांस्कृतीक नृत्य, गीत, संगीत, बक्तित्व कला, शुभकामना संदेश, मनोरन्जनात्मक गेम लगायतका प्रस्तुतीहरु प्रस्तुत गरेको थिए । कलेजका सञ्चालक जागरनाथ राउत कुर्मीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा परवानीपुर गाउँपालिका प्रत्यासी सञ्जु साहले विद्यार्थीहरूले आयोजना गरेको स्वागत कार्यक्रमलाई धन्यवाद दिनुको साथै विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका थिए ।
उनले यस क्याम्पसमा सिकेका ज्ञान, सिप, अनुशासनका कुराहरुलाई आफ्नो ब्यवहारमा उतारी अगाडी बढन सुझाव दिएका थिए । नेता साहले अहिलेको अवस्थामा आधुनिक शिक्षाको एकदमै आवश्यकता रहेको र विद्यार्थीहरूले आधुनिक शिक्षामा पनि ध्यान दिन जरुरी रहेको बताए । क्यामपसका फाउन्डर भूपेन्द्र पटेलले कक्षा ११ का बिधार्थीहरुको शिक्षाको यात्रा यस कलेजमा सोचे जस्तो बितोस भन्ने कामना गरेको थिए ।
उनले आफु र यस क्यामपसका समपूर्ण टिमले बिधार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्नुको साथै अतिरिक्त क्रियाकलापमा पनि राम्रो गर्न सकुन भन्ने दिन खोजीएको बताए । फाउन्डर पटेलले बिधार्थीहरुलाई कम पैसामा बढी कुराहरु दिदै आएको र अगामी दिनहरुमा पनि थप कुराहरु दिदै जाने प्रतिबद्धता जनाएका थिए । उनले अनुशासित भएर अगाडी बढन बिधार्थी भाईबहिनीहरुलाई आग्रह गरेका थिए । उक्त क्यामपसमा बारा, पर्साबाट बिधार्थीहरुले शिक्षा लिदै आएका छन । कार्यक्रमका अतिथीहरुले बिधार्थीहरुले भविष्यमा ठूला – ठूला पदहरूमा काम गरुन् भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा क्यामपसका फाउन्डर मनोज यादव , राज प्रताप सिंह, प्रकाश श्रीवास्तव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संचारकर्मी आनन्द पटेल, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, क्लबका वरिष्ट सदस्य तथा प्रध्यापक सरोज यादव, सदस्य प्रमोद यादव , कलेजका शिक्षक, शिक्षिका, लगायतको सहभागीता रहेको थियो भने सहजीकरण कक्षा १२ मा अध्ययनरत कलेजका विद्यार्थी राहुल चौरसिया र सपना कुशवाहा गरेका थिए ।