बारा । राष्ट्रिय र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेको आरोपमा उजुरी परेको आठ बर्षपछि बन कार्यालयले सामुदायिक वन समितिका अध्यक्ष पक्राउ परेका छन । उनलाई आईतबार बारा जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।
माओवादी द्धन्द्ध पछि २०७३ सालमा बाराको तत्कालिन भरतगंज गाबिस हाल निजगढ वडा नं. २ मा हजारौ बिगाहा सरकारी बन क्षेत्र रातारात अतिक्रमण भएको थियो । बन अतिक्रमण पछि ब्यक्तीको नाममा भन्दा बिभिन्न संघ सस्थाको नाममा अतिक्रमित जग्गा कब्जा गरी स्थानीय बासिन्दालाई बिद्यालय लगायत संघ सस्थाले बिक्री बितरण गर्दै आएका थिए । जसको सोही समय २०७३ सालमानै अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । तत्कालिन समयमा बनेका सामुदायिक बन समितिका अध्यक्षहरुनै बन अतिक्रमणमा सम्लग्न भएको आरोप पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले पटक पटक कार्वाहीको लागि ध्यानाकर्षण गराउदै आएपनि राजनैतिक दबाबमा बन कर्मचारी चुप बस्दै आएका थिए ।
अख्तियारले बन कर्मचारीले वन अतिक्रमण भएपनि कार्वाही नगरेको भन्दै स्पष्टिकरण सोधेपछि दुई ट्रयाक्टर सहित समितिका अध्यक्ष पक्राउ परेका हुन । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर २ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापालाई डिभिजन वन कार्यालय बाराले पक्राउ गरेको हो ।
राष्ट्रिय र सामुदायिक वन समूहको वन क्षेत्र अतिक्रमण गरेर आवादी गरेको आरोपमा अध्यक्ष थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जानकारी दिनु भएको छ । उहाँले वन बढदै गएको बन अतिक्रमण रोक्न दल र सरकारको सहयोग नभए वन कर्मचारी एक्लैले नसक्ने बताउनु भएको छ ।
वन क्षेत्रको जमिन स्थानीय विद्यालय, गुम्बा र केही सामुदायिक संघ संस्थाको नाममा वितरण गरेर आवादी गराएको आरोपमा अख्तियार अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा कारबाही अघि नबढाएपछि अख्तियारले वन कर्मचारीलाईनै कार्वाही अगाडी बढाउन लागेपछि ईलाका वन कार्यालय निजगढको अगुवाईमा थापालाई पक्राउ गरिएको हो ।
अतिक्रमण गरेको आरोपमा अध्यक्ष थापा सहित पुर्व वडा अध्यक्ष केशब ढोडारी, लोकप्रिय आविका प्रधानाध्यापक मुकुन्द बिष्ट लगायतका २६ जना उपर मुद्या दायर भएको बताईएको छ । वडा नं. २ मा सयौ विगाहा बन क्षेत्र अतित्रलमण गरी संघ सस्थाको भन्दै स्थानीयले केरा खेती गर्दै आएपनि बन कार्यालयले हटाउने तर्फ कुनै कार्वाही नगरेको स्थानीयले बताएका छन ।
सशस्त्र द्वन्दको समयमा माओवादीहरुले फडानी गरेको जग्गा स्थानीयले अतिक्रमण गरेर विभिन्न संघ संस्थाको नाममा छुट्याएर आवादी बनाउन थालेपछि वन क्षेत्र अतिक्रमण गरेकोे भन्दै थापा सहित केही स्थानीय विरुद्ध ०७३ सालमा अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
सोही उजुरीको कारबाही बारेमा अख्तियारले वन कार्यालय बारामा पटक पटक ध्यानाकर्षण गराएपनि अतिक्रमित बन खाली गराउन र पक्राउ गरेको थिएन । सो अतिक्रमित क्षेत्रमा अहिले केरा खेती छ । धेरै जग्गा लोकप्रिय आविका नाममा राखेर किन बेच भएको छ । अतिक्रमित बन क्षेत्रमा बिधुत खानेपानी लगायतका सबै सुबिधा वडा कार्यालयको सिफारिसमा दिएपछि बस्ती बस्ने क्रम बढेको छ ।