वीरगन्ज । विरगंजमा यही माघ ६ गते शनिवार देखि प्याब्सन अन्तर विधालय नक आउट टि२० क्रिकेट र जुनियर फुटबल प्रतियोगिता शुरु हुन गईरहेको छ ।
पयाब्सन पर्साले आज होटल भिस्वामा पत्रकार सम्मेलन गेरेर सो प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा गौतम, साउथजोन, सनसाईन, जीवन ज्योति, मुनलाईट, ज्ञान ज्योति, मनोकमनागरि कुल २४ वटा विधालयले सहभागिता जनाउने पयाब्सन पर्सा जिल्ला अध्यक्ष पुरण प्रधानले जानकारी दिए ।
पत्रकार सम्मेलनको अध्यक्षता समेत गरेका प्रधानले यस प्रतियोगिताले विधार्थीहरुमा खेलकुदको विकास हुने विस्वास ब्यतm गरे । उनले पयाब्सनको वार्षिक क्यालेन्डर अनुसार हामी आठौ संस्करण शुरु गर्न गईरहेको जानकारी दिए । क्रिकेट र फुटबल यी दुबै प्रतियोगिता नकआउट चरणमा हुने आयोजक संस्थाले जानकारी गराएको छ । क्रिकेट प्रतियोगिता आदर्श नगर रणशालामा हुने र फुटबल जिल्ला प्रहरी कार्यालयको खेल मैदानमा हुने क्रिकेट प्रतियोगिताका कोर्डिनेटर अमित आलोक र फुटबल कोर्डिनेटर शिव गुप्ताले जानकारी दिए ।
दुवै प्रतियोगिता दक्ष, अनुभवी टिमद्धारा खेलाईने आयोजक संस्थाले जानकारी दिएका छ । पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासामा प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले आउने दिनमा यस्ता प्रतियोगिताहरु लीग चरणमा खेलाईने प्रतिद्धता जनाए । यस्ता प्रतियोगिताले विधार्थीहरुको स्वाथ्य र खेलकुद क्षेत्रमा अगाडी बढने अवसर प्रधान हुने अध्यक्ष प्रधानले बताए । सो अवसरमा प्याब्सन पर्साका जिल्ला उपाध्यक्ष सरोज प्रसाद चौधरी, सचिव राहुल श्रीवास्तव, कोषा अध्यक्ष राम किशोर यादव, सह सचिव विरेन्द्र यादव, वरिष्ठ सल्लाहकार स्याम ठाकुर,लगायतको उपस्थीति रहेको थियो भने विभिन्न संचार माध्यममा काम गर्ने संचारकर्मीहरुको समेत उपस्थीति रहेको थियो ।