वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीमाल स्थित स्वास्थ्य चौकीमा मंगलबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । वडा नं ३ का १४८ जना स्थानियहरुको आँखा चेकजाँच गर्दा ३२ जनामा मोटियाविन्द फेला परेको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीका अध्यक्ष सलमा खातुनले जानकारी दिएकी छिन ।
लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीको आयोजना र परवानीपुर गाउँपालिकाको सहकार्यमा आज निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । बिरामीहरूको चेकजाँच माट्रिका आई फाउन्डेसनका अप्टोमेट्रिक्स डाक्टर मनिषा पटेलले गरेकी थिइन् । मोतियाविन्द फेलापरेको ३२ जनालाई यही माघ १९ गते वीरगन्जमै आँखाको शल्यक्रिया गर्ने अध्यक्ष खातुनले जानकारी दिइन् ।
साथै उनले यस क्लबले विभिन्न ठाउँहरूमा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको बताइन् । उनले भनिन् " हामीले आज लिपनीमालमा निःशुल्क आँखा शिविर गर्यौ जसमा ३२ जनामा मोतियाविन्द फेला परेको छ । वहाँहरुलाई हामीले निःशुल्क रूपमा नै आँखाको शल्यक्रिया गर्ने बताइन् ।" खास गरेर गरीब, असहाय र पिछडा वर्गका व्यक्तिहरूका लागि हामीले यो शिविरको आयोजना गरेको उनले भनिन् ।
" सो अवसरमा गाउँपालिका अध्यक्ष राम क्षत्री प्रसाद पटेल, उपाध्यक्ष सुगान्धी देवी कनुइन, वडा नं ३ का वडा अध्यक्ष इब्राहीम देवान लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीका सचिव सुशीला साह, माट्रिका आई फाउन्डेसनका मनोरञ्जन यादव, राजेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवलोकन गर्दै गाउँपालिका अध्यक्ष राम क्षत्री प्रसाद पटेलले सराहनीय कार्य गरेको यस लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । साथै उनले आउने दिनमा पनि यस क्लबसंग सहकार्य गरेर सामाजिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।