वीरगन्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिकाले स्वास्थ्यकर्मी भर्नामा लिने तीन चरणको परीक्षामा व्यापक अनियमिता भएको आंशका गरिएको छ । माघ १६ गतेदेखि १९ गतेसम्म लिएको सो परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थी मध्ये आफ्ना निकटलाई मात्रै उत्तीर्ण गराउँदा सो आशंका गरिएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले तीन तहको परीक्षामा हुबहु प्रश्न राखी अन्तरबार्ता समेत सोधिने प्रश्नहरु आफना निकटलाई बताई मात्रै उत्तीर्ण गराएको आरोप नेपाली कांग्रेसका नेता राकेश कुशवाहाले आरोप लगाएका छन् ।
उनका अनुसार अधिकृत चौधरीले आर्थिक चलखेलमा परी स्टाप नर्श , अनमि र अहेब तीन तहको फरक फरक पद भएकोले फरक फरक प्रश्न हुनु पर्नेमा ती अधिकृत चौधरीले भ्रष्टचारको ताण्डव मचाएको आरोप समेत लगाए ।
स्वास्थ्यकर्मको पदपूर्ति खाली रहेको देखाउँदै अधिकृत चौधरीले स्वास्थ्यकर्मी माग गरि खुलाइएको विज्ञापनमा लिखत परिक्षामा अधिकृत चौधरीले आफ्ना निकटलाई मात्रै उतिर्ण गराए पछि सो परीक्षाको स्थगित गरी निष्पक्ष रुपमा परीक्षा लिन उनले सुझाव सहित आक्रोप पोखे । हिजो नतिजा निकाल्दा अधिकृत चौधरीले आफूसँग चिनजान भएकै मात्रै पास गराएपछि गाउँपालिकाका सम्पूर्ण जनसमुदायहरु अधिकृत चौधरी प्रती आक्रोशित बनेका छन् ।
विगतमा योग्यता पुगेका उम्मेदवारलाई पास गराउने गरेको थियो । तर उनीहरुमात्रै समितिमा केही समय अघि आर्थिक लाभको कुराकानी गरी हुबहु प्रश्न राखी परीक्षा लिएर अनियमिता भएको आंशका गरिएको छ ।
अधिकृत चौधरीले असफल भएका परीक्षार्थीलाई भोलिपल्ट पास गराउने समेत गरेको आरोप लागेको छ । कर्मचारीलाई यसरी अघिल्लो दिन असफल गराउने र भोलीपल्ट पास गराउने गरिएको स्रोतको दावी छ ।
अधिकृत चौधरीले भ्रष्टचार गर्नमा माहिर रहेको कुरा उनी निलम्बनमा परेको कुरा प्रष्ट गरेको छ । उनी भ्रष्टचार मुद्दामै २ वर्ष जति निलम्बनमा समेत परेका हुन । पछि धरौटी रकम राखी उनी कामकाज गर्दै आएका छन् ।
यस विषयमा जानकारी लिन खोज्दा अधिकृत चौधरी सम्पर्कमा आउन चाहनु भएन ।