विरगन्ज । बिरगंज- रक्सौल सिमा नाकाबाट हुने अपराधी गतिविधि मानव तस्करी लगायत चोरीपैठारी समेतमा अन्कुश लगाउन सकृय निगरानी राखिएको सशस्त्र सिमा बल एसएसबी मुख्यालय 47 बि बाहिनी पनटोकाका सहायक कमान्डेट मदन मोहन भट्टलाई प्राप्त बिशेश सूचनाको आधारमा एकीकृत भन्सार जांच चौकी आइसिपी बिरगंजबाट रक्सौल तर्फ जान्दै गरेको महिन्द्रा बुलेरो पिकप ना.४ च. ८०७२ नम्बरको गाडीमा फ्लस बटम बनाएर लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध दुइ सय किलो गाजा बरामद गरिएको सशस्त्र सिमा बल रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।
सशस्त्र सिमा बल रक्सौल पनटोका को मातहतमा रहेको एकीकृत भन्सार जांच चौकी आइसिपीको सुरक्षामा खटिएका सशस्त्र सिमा बलको टोलिले आइसिपीको गेट न.४ मा उक्त गाडीलाई नियन्त्रणमा लिएर चेक जाचमा प्रहरी नायब निरीक्षक समशेर सिंह र मुख्य आरक्ष चन्द्र भूषण कुमार गुप्ता लगायतको सुरक्षाकर्मी टोलि तथा उप कमान्डेट दिपक कृष्णको निर्देशनमा उक्त सुरक्षा टोलिले पक्राउ गरिएको सो पिकप बुलोरोमा लुकाई छिपाई राखिएको प्रतिबन्धित दुई सय किलो गाजा पक्राउ गरिएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए ।
गाजा बोकेको बुलोरो पिकप गाडीको चालक मोहमद जाहगिर देवान रहेको र नेपाली रहेको सोधपुछको कर्ममा खुलेको हो ।
सशस्त्र सिमा बल एसएसबी मुख्यालय 47 बि बाहिनी पन्टोका रक्सौलका कमान्डेट बिकास कुमार, उप-कमान्डेट दिपक कृष्ण, सहायक कमान्डेट मदन मोहन भट्ट र इंस्पेक्टर मनोज कुमार शर्मा लगायत इमानदार तथा निष्ठावान प्रहरी अधिकारीहरुको निर्देशनले गर्दा नेपाल- भारत सिमा झेत्रमा कडाइ गर्नुको साथै अपराधीक क्रियाकलाप नियन्त्रण हुनुको साथै आम जनताहरुको शान्ति सुरक्षामा दिनरात खटिरहेको स्थानीयहरुले बताएका छन ।
मानव तस्करी, चेलीबेटी बेचबिखन चोरीपैठारी, शंकासब्द मानिसहरुको आगमन, सिमा स्तम्भहरुको निगरानी, जस्ता विभिन्न किसिमका सिमा नाकामा हुनसक्ने अपराधलाई नियन्त्रण गर्न सफल सशस्त्र सिमा बल एसएसबीका जवानहरुले रातदिन गस्ती गरिरहेको बुद्धिजीवीहरुको भनाइ छ ।
पक्राउ गरिएको प्रतिबन्धित लागू औषध दुई सय किलो गाजा र नेपाली नम्बर प्लेटको पिकप गाडी र चालक समेतलाई आवस्यक कार्यवाहीको लागि लागू औषध नियन्त्रण ब्युरो एन.सि.बि. पटनाको टोलिलाई आजै बुझाइएको सशस्त्र सिमा बल एसएसबी रक्सौलको प्रहरी निरीक्षक मनोज कुमार शर्माले जनाएका हुन ।