वीरगन्ज । छोरीको जन्मदिनको अवसरमा वीरगंजको बहिरा विधालयमा अध्ययनरत विधार्थीहरुलाई एक छाक खाना खुवाईएको छ ।
बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी निवासी भुपेन्दर पटेलका छारी दश वर्षिय आकासी पटेलको जन्मदिन यसपाली वीरगंज महानगरपालिका वडा नं १३ स्थित राधेमाई टोलमा रहेको बहिरा विधालयमा अध्ययन गरिरहेको ४० जना विधार्थीहरुलाई एक छाक खाना खुवाएर मनाईएको हो ।
विधालयमा अध्ययन गरिरहेका ४० जना विधार्थीहरुलाई एक छाक खानाको ब्यवस्था बहुअरी निवासी भुपेन्दर पटेलले गरेको विधालयकी अर्चना कर्णले जानकारी दिईन । उनी भन्छिन “ जन्मदिन मनाउनु अगाडी आकासी पटेलका चाचा प्रितम पटेल विधालयमा आएर आफ्ना कुरा हामीलाई राख्नुभयो । वहाको कुराले विधालयका समपूर्ण सर, मिसहरु एकदमै खुःसी भए । वहाको यो सामाजीक सदभावले विधार्थीहरुमा एक किसिमको खुःसी छाएको उनले भनिन ।” बेलाबखतमा विभिन्न सामाजीक ब्यतिmत्वहरु यस विधालयमा आएर मदत सहयोग गरिराख्नु हुन्छ यसबाट हामीलाई पनि विधालय चलाउनमा सहज भएको अर्चनाले बताईन ।
आकासीका चाचा प्रितम पटेलले छोरीको जन्मदिन यस विधालयमा मनाउन पाउँदा आफु र आफ्नो परिवार धेरै खुसी भएको बताए । उनि भन्छन“ धेरै दिनदेखी मेरो मनमा एउटा सोच थियो कि छोरीको जन्म दिनमा कुनै सामाजीक कार्य गरौ । ठीक त्यही समयमा एकजना मेरा साथीले बहिरा बिधालयको बारेमा सुनाउनुभयो । उनको कुरा मलाई एकदमै राम्रो लाग्यो र उनको सुझाव अनुसार नै हामी परिवारका सबै सदस्यहरु विधालयमा पुगी छोरीको जन्मदिन बहिरा बिधार्थीहरुलाई खाना खुवाएर केक पनि काटयौ ।
” विधार्थीहरुसंग आज हामी घुलमिल हु न पायौ । बोल्न नसक्ने भाईबहिनीहरु आज यस विधालयमा आएर शिक्षा आर्जन गरिरहेका छन । म स्थानीय सरकार र यसमा बढाउने शिक्षक, शिक्षिकाज्यूहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यसरी हामी आउने दिनमा पनि छोरीको जन्मदिन फरक ढङले सामाजीक कार्य गरेर मनाउने प्रितम पटेलले बताए । सो अवसरमा बहुअरी टोलका सुरज पटेल , संचारकर्मीै आनन्द पटेल, विधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, शिक्षक, शिक्षिका लगायत विधार्थीहरुको उपस्थिति रहेको थियो । पछिल्लो दिनमा यस विधालयमा विभिन्न सामाजीक ब्यतिmत्वहरुले विधार्थीहरुलाई सहयोग गर्दे आईरहेका छन ।