पछिल्लो समया छिपहरमाई गाउँपालिका स्थानिय जनताको जन चाहाना बमोजिम बिभिन्न बिकास निमार्णका कार्य संगै शिक्षा, स्वास्थ्य तथा रोजगारको सवालमा राम्रो काम गर्दै गएको देखिएको छ । पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित पालिका प्रमुख मनोज कुमार गुप्ता संग ज्योती दैनिकका लागि राजेन्द्र सिंह राजपुतले गर्नु भएको संक्षिप्त कुराकानी ।
पालिकामा बिकासका कामहरु कस्तो चल्दै छ प्रमुखज्यु ?
हाम्रो पालिकामा भौतिक पुर्वाधारको बिकासमा निकै गति दिएका छौं । मुल सडक तथा बिभिन्न गल्लिहरुमा ढलानका कामहरु भएका छन । पालिकामा हामी बथिङ्ग सेन्टरको बिकास गरी बाल मृत्यदर कमि गर्न सफल भएका छौं । शिक्षमा सुधारका लागि हामी निकै सम्वेदन शिलतवर लागेका छौं । बिकास यस्तो शब्द हो जुन सहिले पुरा हुदैन निरन्तर चलिरहन्छ ।
पालिकामा जनता दु्रत गतिमा बिकास हेर्न चाहेका छन आजकाल बालेन जस्तै जनप्रतिनिधिको कामहरु खोज्दै छन यसमा के छ यहाँको धारणा ?
हेर्नुस ठक्कै बालेन संग तुल्ना गर्न मिल्दैन । हाम्रो क्षेत्र निकै पिछडिएको थियो। कहिले हुम्ला जुम्लाको टापु जस्तै हाम्रो नवगाँवा भखरै सडक संजाल संग राम्रो जोडिएको छ । धेरै ठुला ठुला सवारी साधानहरु प्रवेश गर्दै छन । बजार बिस्तार हुदै छ । जनताले बिस्तारै परिर्वतन महशुस गदैछन । ५÷७ वर्ष पहिला सुत्केरी महिलाहरु सदरमुकाम सम्म नजान सकि ज्यान गुमाएको अवस्था, बिजुली बत्तिबाट लाभ नपाएका जनताले संघियताको देन संगै आएको स्थानिय सरकारको अनुभुति गरेका छन । त्यसैले एकै पटक बालेश संग तुल्ना गर्नु म उचित ठान्दिन । काम हुदैछ । बिस्तारै आमुल परिवर्तन पनि आउने छ ।
अब यहाँहरु कुन कुन पाटोका काम गर्ने योजनामा हुनु हुन्छ त ?
आज हामी मुख्य समस्या भनेको नदिको तटबन्द हो । वर्षेनि नदिले हामीलाई धेरै समस्या सदने गरेको छ । भारतिय नहरले गर्दको धेराबन्दी, ठोरी, जगरनाथपुर हुदै जुन पानी आएर जमघट गर्ने गर्दै यसले वर्षेनी समस्या ल्याउने गरेको छ । यसमा निकै ठुलो लगानीको अवस्यक्ता रहेको छ । जुन गाँउपालिकाले चाहेर पनि सादर गर्न सक्दैन होला । यसमा संघिय संसदज्यहरुको बिकास लगानी जरुरी पर्नेछ । अहिले हर्ने हो भने हाम्रो क्षेत्रबाट प्रदेशमा खाने पानी तथा सिचाई मन्त्री तथा संघमा हेर्ने हो भने उद्योग मन्त्री पाएका छौं । यसमा हामी पनि हेर्दैछौं । जुन प्रदेश सरकारको रमक फ्रिज हुदै छ । यसमा हाम्रो मन्त्री ज्युहरु कति गर्नु हुन्छ ।
स्थानिय सरकार निकै शक्तिशाली सरकार हो तर यहाँ प्रमुखहरु भ्रष्टाचारमा लिप्त हुनु भयो भन्दै छन के हो सत्यता ?
तपाईले भनेको कुरा ठिक हो । स्थानिय सराकार निकै पावरफुल गोभरमेन्ट हो । एक कुरा म यहाँलाई सम्झाउन चाहन्छु पञ्चायतकामको समयमा सम्पुर्ण अधिकार मुख्यिाहरुलाई दिईएको थियो । वहाँहरुको सहि सनाखतबाट सबै आर्थिक काम हुने गरेको थियो । अहिले आर्थिक गतिबिधिका हाम्रो आवस्यक्ता छैन । हाल जनप्रतिनिधिहरुलाई जनताको चाहानालाई एक किताबमा समावेश गरीदिने मात्र भनेको छ । र प्रशासनमा पठाई दिने भनेको छ । सोहि बमोजिम गाँउपालिका सरकारले कार्य गर्ने गरेको छ । त कसरी हुन्छ भ्रष्टाचार ? अब योजना शाखाबाट सुरु भएको काम प्रमुख प्रशासकिय अधिकृत समक्षय पुगि सम्पन्न हुने गरेको छ । तपाईलाई थाहाँ नै होला म नेकपा एमालेबाट निर्वाचित भएको छु । म संग पराजित हुनु भएका जस्पा, नेपाली काग्रेस या जुन सकैदलका नेता हुनु हुन्छ । यहाँहरुले मेरो राम्रो थेरै सोचनु हुन्छ ? अहिले त थलको लडाई होईन साईबर लडाई सुरु भएको छ । सामाजिक संजालमा जे मन लाग्छ । लेखिन्छ अनि लेखाईन्छ । बाहिर आएको कुरा त्यहि हो बाकी केहि हैन । बिपक्षीहरुले गराएको हो यो सब ।
प्रमाण सहित लेखिएको समाचारको किन जवाब न दिनु भएको हो ?
हेर्नुस । कति पय संचारकर्मीले वेरुजुलाई भ्राष्टाचार भनेर लेख्नु भएको छ । कुनै पनि काम भएको छ । प्रशासनिक प्रक्रियामा यहि कुनै कागजात कमि छ । या छुटेको छ । ईयादि कुराहरु मिलान गरे पछिमा सदर हुने गरेको छ । कुनै काम कानुन सम्बत मिलेको छैन भने त्यो नै वेरुजु हो । वेरुजु भ्राष्टाचार भएको भए मनोज गुप्ता मात्र हैन । देशको प्रधानमन्त्रीलाई पनि जेल जानु पर्छ । त्यसैले सो संचारकर्मीले भ्राष्टाचार भएको प्रमाणित गर्ने होईन । यसको लागि देशमा न्यालय छ ।
हस् हामी संग कुराकानी गरि दिनु भयोमा धन्यवाद ।
तपाई अनि तपाईको मिडियालाई पनि धन्यवाद । नमस्ते ।