पर्सा । पर्साको पोखरीया नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न क्षेत्रमा अध्ययनरत १८ विपन्न तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डमा प्राप्त अंकको आधारमा छात्रवृत्ति वितरण गरिएको नगरपालिका उपमेयर रुबी ठाकुरले बताइन् ।
उपमेयर ठाकुरले विद्यार्थीहरुले प्राप्त गरेको अंकको आधारमा १८ जना विद्यार्थीलाई १५ हजार , २० हजार र २५ हजारको दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको बताउनु भयो ।
प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो’, उनले भनिन् ।
आर्थिक वर्ष २०८०/०८१ को उपमेयर छात्रवृत्ति वितरण मापदण्ड अनुसार नेपाल अधिराज्यको मधेश प्रदेशको पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा रहेका पोखरिया नगरपालिका अन्तर्गत २५ बटा सामुदायिक विद्यालयहरु संचालनमा रहेका छन ।
नेपालको संविधानले सबै नागरिकको पहुच आधारभुत शिक्षा अनिवार्य गरेको तथा शिक्षालाई स्तर उन्नतीको लागि समय समयमा विभिन्न किसिमका क्रियाकलापलाई निरन्तरताको साथै सम्पूर्ण जनतामा शिक्षाको पहुचको अवधारणा लिएको साथै नगरपालिकामा संचालनमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययन गरी उच्च शिक्षा प्राप्तिका लागि ईच्छुक विद्यार्थीहरुको आर्थिक समस्याले गर्दा विद्यार्थीहरु उच्च शिक्षा अध्यनबाट बन्चित हुने गरेकोमा यस पोखरिया नगरपालिकाबाट आ.ब. २०८०/०८१ को लागि गरिएको बजेट विनियोजनमा उपमेयर छात्रवृती कार्यक्रम राखिएको र उक्त कार्यक्रमबाट उच्च शिक्षा अध्ययन गर्नबाट बन्चित विद्यार्थीहरुलाई छात्रवृती उपल्बध गराई शिक्षाबाट वन्चितहूनवाट जोगाई शिक्षित बनाउने तथा विद्यार्थीहरुमा आपसि प्रतिस्पधा समेत हुने अभियानको थालनी गरिएको छ ।
छात्रवृत्ति लिनेमा हिमानी शाह ठाकुरराम क्याम्पस वीरगन्ज , अभय चौहान त्रिभुवन बहुमुखी क्याम्पस काठमाडौँ , रिया पटेल वीरगन्ज पब्लिक कलेज , आकृति कुमारी पटेल वीरगन्ज पब्लिक कलेज , वालसुधी पासवान , विश्वजीत चौहान , विध जीत चौहान ठाकुरराम क्याम्पस वीरगन्ज , रितेश साह सेन्ट जेभियर कलेज काठमाडौँ , प्रशुराम शर्मा पोखरीया स्कूल , विकाश कुमार शर्मा पोखरीया, रञ्जय चौहान वीरगन्ज पब्लिक कलेज लागायतका लाई छात्रवृत्ति प्रदान गरिएको छ ।
प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन उक्त छात्रवृत्ति वितरण गरिएको उपमेयर ठाकुरले बताइन् ।
शिक्षालाई रोजगारसँग जोड्न प्राविधिक शिक्षा अध्ययन गरिरहेका विपन्न, जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति रकम उपलब्ध गराउँछौँ’, उनले भनिन्,’यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सकिन्छ।’