मेघराज राय
जिराभवानी । पर्साकाे जिराभवानी गाउँपालिका वडा नम्बर १ को चमरी टोलमा हिजो भएकाे आगलागीबाट दुई वटा फुसकाे घर जलेर नष्ट भएको थियो । चममरी टाेलमा आइतबार दिउँसो अन्दाजी १ बजेतिर भएकाे आगलागीबाट स्थानीय मुन्ना नटको २ वटा फुसको घर जलेर नष्ट भएको थियो ।
आगलागीबाट २ वटै घर जलेर खरानी हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, गरगहना, अन्नपात,काठका सामान सबै जलेर नष्ट भएको पिडित नटले बताए । छोरा बुधनको एक महिनापछि विवाह रहेको र विवाहको तयारीका लागि खरिद गरेर राखिएको लत्ता कपडा, चामल, गरगहना, श्रृङ्गारका सामग्री लगायतका सबै सामान जलेर नष्ट भएको उनले बताए ।
प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । वीरगन्जबाट गएकाे वारुण यन्त्रकाे मदतमा स्थानीय र प्रहरीले मिलेर निभाएका थिए।
यसैबिच आगलागीबाट पिडित नट परिवारलाई आज जिराभवानी गाउँपालिकाद्वारा सहयोगमा प्राप्त चामल, दाल, तेल, नुन, ,आलु प्याज मसला कमबल त्रिपाल लगायतका सामान राहत सहयोग स्वरुप हस्तान्तरण गरिएकाे छ ।
जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी निमित्त प्रमुख प्रसाशिकय अधिकृत उमेश कुमार साह स्वास्थ साखा प्रमुख सरोज दास वार्ड नम्बर एकका वार्ड सदस्य शुभनारायण पटेल समाज सेबि सुरेश प्रसाद कुर्मी लगाएतले घरमै पुगि सो सामानहरु आगलागी पीडित नट्को घरमै गई हस्तान्तरण गरेका थियोे ।
पीडित नटका छोराको बिहेको लागि किनमेल गरेको सामान र बिहेको निम्तो कार्ड र भाडा बर्तमन खाध्न सामाग्री जलेर नस्ट भएकोले जिराभवानी गाउँपालिकाका मनकारी अध्यक्ष अनोज चौधरीले सबै सामान उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । साथै आगलागी पीडित नटले संघसस्थाद्वारा आर्थिक र भौतिक सहयोगको अपिल समेत गर्नु भएको छ ।