काठमाडौं । आज ८ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दैछ। बैठकमा समितिको आन्तरिक छलफल हुनेछ।
त्यस्तै दिउँसो २ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ।
त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृतिक सहिष्णुता पवद्र्धनमा आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ।
बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनका लागि विधिको शासन र संसदको भुमिका विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुनेछ।
बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको पहिचान, आवास र भूमिमाथिको पहुँच र अधिकारको सुनिश्चितता, जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएकालाई स्थानान्तरण लगायतका विषयको सम्बन्धमा छलफल हुनेछ।