वीरगन्ज । आज शुक्रबार महाशिवरात्रि देशैभरका शिवालयमा विधि पूर्वक पूजा आरधना गरेर मनाइएको छ । प्रत्येक वर्षको फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीमा आराध्य देव भगवान शिवको पूजा अर्चना गरिने गरिन्छ ।
बर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्य रातमा शिव रूप धारण गरेकोले मध्य रातमा चतुर्दशी तिथि परेकै दिन पूजा अर्चना , आरधना र दर्शन गरी यस लोकमा सुख शान्ति र प्रलोकमा साध्ध्ति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्र विध्ध्हरू बताउँछन् ।
भगवान महादेवको दर्शन गर्ने र शिवरात्रि पर्वको मेला भर्ना आज शुक्रबार देशभरका विभिन्न ठाउँमा सहित भारतका केही तीर्थयात्री लगायत वीरगन्जका भक्तजनहरूको अलखिया मठ र पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
आज शुक्रबार बिहान ३ बजे देखि नै वीरगन्जकै प्रसिद्ध शिवालय अलखिया मठ र पशुपतिनाथ मन्दिरमा पूजा पाठ गर्नका लागि भक्तजनहरूको भीड लाग्ने थियो ।
बौद्धिक सनातन हिन्दू धर्मावलम्बीहरु आजै बिहान देखी नदी , कुण्ड , पोखरीमा स्नान गरी शिवालयमा गई श्राद्धभक्ति पूर्वक पूजा आरधना गर्ने गर्दछन । शिवजी उत्पति भएको रात नामबाट नामाकरण भएको यो पर्व कालरात्रि , महारात्री , सुखरात्रि र शिवरात्रि नामक प्रमुख रात्रि मध्ये एक पवित्र पर्वको रूपमा शिव प्राण ग्रन्थ र अरू अन्य ग्रन्थहरूमा उल्लेखित छ ।
आजको दिनलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनको रूपमा लिइन्छ । यस पर्वका दिन उपवास बसी रातभर जाग्राम बस्ने सर्व सिद्धि लाभ भई यमलोकमा जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर , चौक र मठ मन्दिर लगायतको ठाउँमा दाउरा बालेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
आज शुक्रबार अलखिया मठ र पशुपतिनाथ मन्दिरमा चार प्रकारका पूजाका अतिरिक्त महादेव , अखण्ड द्वीप , लक्ष्यबत्ती तथा द्वीप उत्सवका साथै बेल पत्र अर्पण गरिन्छ । ६ वर्षअघि देखि नै विरगंजको अलखिया मठ लगायत देशैभरका शिवालयहरुमा गाँजा , भाङ र धतुरो लागायतका लागू पदार्थ भने निषेध गरिएको छ । यस वर्षपनि यसलाई निरन्तरता दिइएको छ ।
यस वर्षको शिवरात्रीमा शान्ति सुरक्षा व्यवस्थापनको लागि ६ सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कुमार विक्रम थापाले बताए ।