पर्सा । छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको बताएका छन् । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वामा आयोजना भएको कुस्ती प्रतियोगीता कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । श्री माहाशिवरात्री मेला समिती छिपहरमाई गाउँपालिका- ५ भिस्वाले आयोजना गरेको कूस्ती प्रतियोगीता प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फिता काटी पहलवानहरु लाई हात मिलाएर उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले भने, ‘कुस्ती प्रतियोगिताबाट देश र समाजको नाउँ चिनाउनको साँथै शारीरिक र मस्तिकको विकास हुने गर्छ साथै कुस्ती खेल बाट स्फुर्ती र निरोगी भइन्छ ।’ कुस्ती खेल माथी सरकारको कुनै ध्यान नरहेकोले लोप हुने अवस्था देखिएको उनले बताए । छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वाका मेला समिती अध्यक्ष सुगरिम साह कानुको अध्यक्षता भएको कुशती खेल प्रतियोगितामा नेपाली काङ्ग्रेसका जिल्ला प्रबक्ता रमेश पानडेय, नेपाली काङ्ग्रेसका जिल्ला समन्वय समिति सदस्य बिजय प्रसाद पटेल, जिल्ला सचीव नविन सिंह, समसुलहक मिया, छिपहरमाई गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी कानुका प्रतिनिधि किशोरी साह कानु, दङ्गल सभापति वडा अध्यक्ष-५ भिस्वाका मौजिलाल साह कानु वडा अध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, कार्यपालिका सदस्य बलिस्टर साह , नरेश प्र. कलवार, राजबली यादव, बिनोद साह कानु, बिशवनाथ साह कानु, समाजसेवी मनोज पटेल, मेला समितीका अध्यक्ष सुग्रमी साह कानु, सचिव शिवु साह र नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौंको उपस्थिि रहेको थियो ।
कुस्ती खेल प्रतियोगितामा नेपाल भारतका सयौंको संख्यामा महिला पुरुष पहलवानहरुले भाग लिएका छन्। प्रतियोगितामा
बसन्त थापा - नेपाल, देवा थापा - नेपाल, गुजर घोडा - राजस्थान भारत, काला चिता - मध्य प्रदेश भारत, लक्ष्मण पहलवान, नरेश पहलवान महिला पहलवान लगायतले भाग लिएका मेला कुशती कोच अशोक यादवले बताए ।