वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुगमन गरेका छन । वीरगञ्जमा नेकपा एमालेका पर्सा जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय प्रतिनिधि भेला प्रश्चात दिउँसो नेता पोखरेले सो अनुगमन गरेका हुन ।
लुम्बीनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले अनुगमनको क्रममा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयमा देखिएको बिभिन्न समस्यालाई तत्काल समाधानमा लयाउन प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
उनले नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वीरगञ्जस्थित भन्सार कार्यालय रहेकोले सो अनुरुप अहिले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको जिकिर गर्दै तत्काल समस्या सामाधन गर्न र राजस्व सङ्कलनमा बृद्धी ल्याउन (आईसिपी) का प्रमुख डिल्ली रामा पन्थी र सिर्सिया सुक्खा कन्दरगाह कार्यालयका प्रमुख राम प्रसाद मैनालीलाई निर्देशन दिएका हुन ।
अहिले देशमा मुख्य समस्याको रुपमा रहेको आर्थीक मन्दीलाई रोक्न र देशको अवस्था चलाएमान बनाउन एमालेले अगाडी बढेको उनले बताए । उनले (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयलाई थप ब्यवस्थीत बनाउन चाहिने आवश्यक स्रोत, साधनलाई सम्बन्धीत मन्त्रालयबाट पुर्तीका लागी आफु छिटो नै पहलमा लाग्ने प्रतिबद्धता समेत जनाएका हुन ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सचिव एवंम मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, स्थाई कमिटी सदस्य अच्छुत मैनाली, पुरुसोतम पौडेल, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा लगायत संचारकर्मी र सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो । सम्भार :- यात्रा डेली