पर्सा । नेकपा एमाले पर्साको नौ औं जिल्ला अधिवेशन आगामी वैशाखको १७ र १८ गते जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बङ्गालमा नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने भएको छ ।
प्रमुख अथिति एवं जिल्ला इन्चार्ज अच्युत मैनाली र अध्यक्ष विश्मबर शर्माको अध्यक्षतामा शनिबार सम्पन्न सचिवालय कमिटीको बैठकले नौऔं जिल्ला अधिबेशन वैशाख १७ र १८ गते गर्ने निर्णय गरेको जिल्ला कमिटीका सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए ।
जिल्ला कमिटी अध्यक्ष शर्माको प्रस्ताव अनुसार बैठकले बर्तमान जिल्ला कमिटीलाई मूल आयोजक कमिटीमा रुपान्तरण गर्दै प्रतिनिधि चयनका लागि मापदण्ड समेत तय गरेको उनले बताए ।
प्रतिनिधि छनौटका लागि ५० जना संगठित सदस्य मध्ये १ जना प्रतिनिधि भने र पार्टीको जनवर्गीय संगठन मध्ये जिल्ला अधिवेशन भइसकेकोले २ जना पुरुष र १ जना महिला गरी ३ जना प्रतिनिधि पाउने र जिल्ला अधिवेशन नभएकोले महिला पुरुष गरी २ जना प्रतिनिधि पाउने र कलश्टरको हकमा पनि प्रतिनिधि छनौट गर्ने पाउने जिल्ला अध्यक्ष शर्माले बताए ।
जिल्ला अधिबेशन सम्पन्न गर्नका लागि बैठकले नेताहरुको कार्य बिभाजन समेत गरेको छ । जस अनुसार तीन तहले प्रमाणित गर्ने प्रतिनिधि प्रमाणित गर्ने जिम्मा जिल्ला प्रदेश संगठन तर्फ कृषि मन्त्री एवं सांसद ज्वाला साहलाई जिम्मेवारी दिएको सचिव गुप्ताले बताए ।
मूल आयोजक समिति अन्तरगत विभिन्न उपसमिति गठन गरिएको बताइएको छ।उपसमिति जन परिचालन उपसमितिको संयोजकमा जिल्ला सचिव गुप्ता ,मंच व्यवस्थापन उपसमितिको संयोजकमा मनोज गुप्ता मानदेव हजरा , खाध्य ब्यबस्थापन उपसमितिको संयोजकमा ओमप्रकाश गुप्ता र अनवर अलि , अथिति ब्यबस्थापन उपसमितिको संयोजकमा अध्यक्ष , केन्द्रीय सदस्य , केन्द्रीय सल्हाकार , पूर्व माननीय ,प्रचार प्रसार उपसमितिको संयोजकमा पवन तिवारी , संजिव मिश्रा , सांस्कृतिक उपसमितिको संयोजकमा गीत भण्डारी , स्वंसेवक उपसमितिको संयोजकमा विमल पौडेल, श्याम गुप्ता , स्वास्थ्य व्यवस्थापन मनिफ अन्सारी , प्रतिनिधि छनौट समिति संयोजक विनोद गिरी र मूल समिति सचिवालयमा विश्मबर शर्मा , मनोज गुप्ता , संजिव मिश्रा , मनोज कुशवाहा , मानदेव हजारा , विमल पौडेल , पवन तिवारी , अमानत अन्सारी र प्रतिनिधि व्यवस्थापनमा विशमबर शर्मा , शिवजी गुप्ता र केदार तिवारी रहेको जिल्ला कमिटी सचिव गुप्ताले जानकारी दिए ।