पर्सा । पर्सामा तेलहन बालि फस्टाएको छ । गत वर्ष भन्दा यस वर्ष मौसम प्रतिकुल रहेकाले उत्पादन राम्रो रहेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
तेलहन बालिमा सबैभन्दा तोरी खेति धेरै गरिने पर्साको उतरी भेगमा गत वर्ष भन्दा झण्डै ३० प्रतिशत उत्पादन बढेको अनुमान गरिएको छ । उत्पादन कति बढ्यो भनेर लागत लिने काम भैरहेको कृषि ज्ञान केन्द्रका पर्साले जानकारी दिनुभयो ।
तोरी लगाउने क्षेत्रफल गत वर्ष भन्दा बढेको र मौसमले पनि साथ दिएकाले उत्पादन बढेको हो । गत वर्ष ८५२0 हेक्टर क्षेत्रफलमा लगाइएको तेलहन बालिमा ९०००मेक्टिक्टन उत्पादन भएको थियो । गत वर्ष पर्सामा हिउँदे वर्षाले तोरीहरु ढलाएको थियो जसका कारण धेरे किसानले नोक्सानि बेहोर्न परेको थियो ।
यस पटक सुरुबाटै जमिनमा चिस्यान राम्रो र कुनै नोक्सानि नहुने गरी वर्षा नभएकोले उत्पादन वृद्धि हुन पुगेको कृषि ज्ञान केन्द्र पर्साले बताए । यो वर्ष तोरी खेति फस्टाएकाले किसानहरु थप आर्कषित भएका छन । तोरी अन्यबालि भन्दा सजिलो बालि र उत्पादन राम्रो हुदाँ आम्दानी पनि राम्रो सोचे अनुरुप हुने भएकाले किसानको आर्कषण बढेको स्वयम किसानहरु बताउछन ।
जिल्लामा आलु खेति गर्ने किसानहरु पनि विस्तारै तोरी खेतीतर्फ उन्मुख भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।किसानले ८५०० देखी ९ हजार सम्म प्रति कुइन्टल तोरीको मुल्य पाउने गरेका छन । तेलहन बालिको लागी पर्सा जिल्लाको उतरी भेगका उपयुक्त रहेको कृषि विज्ञहरु बताउछन । विशेषगरी सिचाई क्षेत्र पुगेको स्थानमा तेलहन बालिको उत्पादन धेरै हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा लगाइने तोरीका जातहरु उन्नती, प्रगति, चितवनी लोकल मुख्य रहेका छन । तोरीकै खेतिका लागी पर्साको ठोरी गाउँ पालीका लाई चिनिने गरिन्छ । ठोरी गापामा रहेको सुबर्णपुर बिजयबस्ती निर्मलबस्ती ठोरी रामनगर लाइ तोरी को जोनले चिनिने गरिन्छ ।एसै बिच पर्साको जिराभवानी गाउँपालीकामा पनि तोरी खेतीलाई नै प्राथमिकता दिएका छन ।
महादेवपट्टी सेढ्वा जितपुर सुपौली शंकरसरैया लाई पनि तोरी खेती धेरै हुने गरेको छ । त्यस्तै अन्य पालिकामा पनि केहि क्षेत्रहरुमा व्यवसायिक तोरी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।