पर्सा । रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया नगरपालिका- वडा नं ९ सेमरबारीमा संचालित १ महिना सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नं.३,६,७,८,९,१० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन ।
महिलाले यसरी सीप सिकेर सिकेको सिपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुरले बताईन ।
नगरपालिकाले पोखरियाका महिलाहरू लाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ । १ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना महिला हरु लाई पोखरिया नगरपालिका कि उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत हस्तान्तरण गर्नुभएको हो । सिलाई कटाई तालिम को समाप्न कार्यक्रम वडा नं.९ का वडाध्यक्ष नौसाद आलम, को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे ।
समापन कार्यक्रम कार्यक्रममा योजना प्रमुख वाल्मीकि साह,सहायक नरेन्द्र साह,नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, , बिजय झा, भगवान साह , ललन पटेल, निरज ठाकुर, नेता मनोज चौहान,रामअयोध्या कुर्मी, प्रशिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।