पर्सा । बिहारमा प्रतिबन्धित भएपछि मदिरा सेवन गर्न सीमावर्ती नेपाली बजार आउने भारतीयको संख्या बढ्दो छ । सीमा क्षेत्रका बजारमा मदिरापसल र होटेल खुल्ने क्रम पनि बढेको छ ।
भारतीयको बाक्लो उपस्थित हुने सीमा क्षेत्रका मदिरा बेच्ने होटलमा जघन्य अपराधका अभियुक्त र गुण्डागर्दीमा संलग्नहरू पनि आउने गरेको प्रहरी स्रोतको भनाइ छ । बिहारमा मदिरा प्रतिबन्धित हुनुपूर्व पर्साको सीमामा पर्ने भारतीय बजार भिस्वा , जानकीटोला , दसावता , पिपलडाडी,महादेवपट्टीको बलुवा , सुवर्णपुर ,बाघमोर्चा, बिजयबस्ती , निर्मलवसती ठोरीलगायत का स्थानमा मदिरा बिक्रीमा बढोतरी भएको स्थानीयहरू भनाइ रहेको छ ।
जिराभवानी गाउपालिकाका स्थानीयबासीकाहरूका अनुसार मदिरा सेवनका लागि आउने भारतीयकै कारण सीमा क्षेत्रमा झैझगडा बढेको बताए । ‘मदिरा पसल र होटलहरू व्यवस्थित गर्न सके आपराधिक घटनाबाट बच्न सकिन्छ, प्रशासनले नियमित अनुगमन गरेर अवैध रक्सी भट्टी तथा होटलहरूमाथि कडाइ सुरु गरे हामीसमेत साथ दिन्छाैँ ।
पर्साका प्रमुख जिल्ला प्रमुखको अनुसार खुला सीमाकै कारण भारतबाट मदिरा खान आउनेलाई नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । मदिरा र त्यसले निम्त्याउन सक्ने विभिन्न विकृति र आपराधिक घटनाबारे आफूहरू गम्भीर रहेको उहाँको भनाइ छ । भारतका प्रशासन र सुरक्षा अधिकारीहरूबीच हुने गरेको औपचारिक बैठकमा मदिरा र आपराधिक गतिविधि नियन्त्रणबारे छलफल हुने गरेको छ, हाम्रो भूमिमा निगरानी बढाएका छाैँ ।’
सीमाक्षेत्रको पाँच सय मिटरभित्र मदिरा खरिद बिक्रीमा रोक लगाएको उहाँले बताए । अवैध व्यापारलाई रोक्न गस्तीसमेत गर्ने गरेको प्रजिअको भनाइ छ ।तर, अवैध रूपमा खुलेका मदिरा पसलले एकदिन हजारौँको व्यापार गर्ने गरेका छन् । जानकीटोलका एक व्यापारीका अनुसार नेपालबाट भारत मदिरा तस्करी गर्नेहरूका कारण दैनिक ५० हजारसम्मको मदिरा बिक्री हुन्छ ।
सेवन गर्न आउनेहरू भने नशा नउत्रिएसम्म नेपालतिरै बसेर फर्कने गरेको उनले बताए । बिहारमा मुख्यमन्त्री नीतीश कुमारले १ अप्रिल २०१६ देखि रक्सीमाथि प्रतिबन्ध लगाएका थिए । लगत्तै भारतीय प्रहरीले मदिरा सेवनकर्तामाथि कडाइ गरेको थियो । त्यस क्रममा लुकिछिपी मदिरा सेवन गर्नेलाई कडा कारबाही गरिएको थियो । बिहारमा मदिरा सेवन गरे पाँचदेखि १० वर्ष जेल सजाय वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । भारतीय प्रहरीले पक्राउ परेकालाई धमाधम जेल पठाउन थालेपछि बिहारबाट मदिरा सेवनकै लागि नेपाल आउनेको भिड बढेको हो ।