पर्सा । आर्थिक वर्ष २०८०/८१ सकिन झन्डै केहि महिना बाकी हुँदा पनि पर्साका अधिकांश स्थानिय तहले आर्थिक गतिविधिको सूचना सार्वजनिक नगरेको पाएको छ ।
सरकारको निति अनुसार प्रत्येक स्थानिय तहको गतिविधी तथा आर्थिक आय व्ययको जानकारी स्थानिय तहको वेभसाइट मार्फत सार्वजनिक गर्नु पर्ने प्रवधान रहेको छ । पर्साका अधिकांश स्थानिय तहले आर्थिक गतिविधि तथा योजना परियोजना शिर्षकमा खर्च गरेको रमक अनियमिताको पोल खुल्ने डरले सार्वजनिक गर्न सकेका छैनन् ।
पर्साको पटेर्वासुगौली ,जिराभवानी ,कालिकामाई र पर्सागढी लगायतका नगरपालिका गाउँपालिकाहरुले आफ्नो अफिसियल वेभसाईटमा सार्वजनिक नगरेको पाइएको छ भने ठोरी गापाले आर्थिक गतिविधिको तथा योजना परियोजनाको प्रगति प्रतिवेदन वेभसाईट मार्फत सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक सूचना तथा आर्थिक गतिविधीको जानकारी स्थानिय तहको आधिकारिक वेभसाईट मार्फत सरोकारवालालाई तथा जनताहरुलाई दिन प्रत्येक स्थानिय तहमा दरवन्दी नै सृजना गरेर आईटी अफिसर न्युक्ति गर्न निर्देश दिएको छ । यी स्थानिय तहहरुले स्थानिय तहको गतिविधी तथा आर्थिक आयव्ययको सूचनालाई वेभसाईट मार्फत सार्वजनिक गर्न आईटी अफिसर पनि न्युक्त गरेको छ ।
तर ती आईटी अफिसरहरुले स्थानिय तह प्रमुख र कार्यकारी अधिकृतको दवावमा सार्वजनिक सुनवाईका कुनै पनि किसिमका जानकारीहरु दिने वेभसाईटमा हाल्ने गरेको छैन् ।
एक स्थानिय तहका आईटी अफिसरका अनुसार आफुहरु आम्दनी खर्चको गतिविधी तथा योजनाहरुको विवरण वेभसाईटमा सार्वजनिक गर्न चाहेको भए पनि स्थानिय तहको प्रमुख र कार्यकारी अधिकृतहरुले सार्वजनिक गर्न आश्यक छैन भन्दै ती विषयहरुको विवरण नै उपलब्ध नगराउँदा सार्वजनिक गर्न नसकिएको हो ।
पर्साका स्थानिय तहका एक जना आईटी अफिसरले नाम प्रकाशित नगर्ने सर्तमा भने स्थानिय तहका जनप्रतिनिधि तथा कार्यकारी अधिकृतहरु कै निर्देशनमा स्थानिय तहका वेभसाईटहरु अपडेट हुने गरेका छैन् । स्थानि तहमा हुने गरेका व्याप भष्टाचारको पोल खुल्ने डरले आर्थिक गतिविधिको जानकारी सर्वसधारण जनप्रतिनिधिहरु तथा स्थानिय तहका कर्मचारीहरुले जनतालाई दिन नचाहेको पर्साका वुद्धिजिवीहरुको बुझाई छ ।