वीरगन्ज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही बिजयी भएको छ ।
शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा भइरहेकोे खेलको पहिलो हाफको २३ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए ।
मगरले गरेको गोल फर्काउन निरन्तर प्रयास गरेपनि हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडी सकेनन् ।
एक गोलले अग्रता बनाएको बाग्मती फुटबल क्लब सर्लाहीले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ६१ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर १८ का खेलाडी सुदिप मगरले दोस्रो गोल गरे ।
बाग्मतीका खेलाडी कपिल र सुदिपले गरेकै गोल नै अन्तिम सम्म बाग्मती फुटबल क्लब सर्लाहीको लागि निर्णायक रहयो ।
बाग्मती फुटबल क्लब सर्लाहीका खेलाडीले गरेको गोल हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।
आजको खेलमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले म्यान अफ दि म्याचको पुरस्कार पाए ।
उनलाई परवानीपुर गाउँपालिका - ३ लिपनीमाल निवासी युवा राजेश सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।
बुधबार हुने पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।
यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।
अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी थिए ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक यादवले बताए ।
प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्ष्तामा भएको खेलमा
प्रमुख अतिथि जसपा मधेस प्रदेशका सदस्य ओम प्रकाश बैठा थिए ।