पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकाको सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुले आयोजना गरेको होली मिलान समारोह कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आयोजना गरेको होली मिलन समारोह कार्यक्रम गाउँ कार्यपालिकाको कार्यालय बहुआर्वा भाठ्ठामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष तिवारीले राजनितीमा चढाव उतराव हुन्छ सानो तिनो कुरामा हामीहरु उलझियर आपसमा बिबाद नहोस हामी सबै जनप्रतिनिधिहरुले अपसमा समन्वय गरि बिन्दबासिनी गाउँपालिकाको बिकास तरफ जुटन आग्रह समेत गरे । हामीहरु केही राजनितीकर्मीहरुलाई जनताहरुले आफ्नो मत दिएर जनप्रतिनिधि बनाएको छ ।
सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्छु कि जनताको कामकाजमा कुनै कटौती नहोस र प्रमुख प्रसाशकिय अधिकृतसंग समन्वय गरि जनताहरुको काम गर्न र गराउन आग्रह समेत गरे । होलीमा होलिका दहनको साथै अपसि कलह त्यसै साथ दहन गरि आपसी भाईचारा कायम राखेर सद्भभाव पुर्ण होली मनाउन आग्रह गर्दै सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई अबिर गुलाल लगाउदै शुभकामना सटासाट गर्नु भएको हो ।
होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्योती चौरसियाले होली पर्वले आपसी सद्भाव, भाईचारा कायम गर्ने भएको विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाले होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन सम्पुर्ण गाउँबासी लगायत प्रहरी प्रशासन सबैलाई आग्रह गर्नुभयो ।
होली मिलन समारोह कार्यक्रममा लेखा प्रमुख मिथलेश कुशवाहा , वडा नं १ का वडा अध्यक्ष अच्छेलाल महतो , वडा नं ५ का वडा अध्यक्ष मोहन यादव , नेता गम्भीरा साह लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।