पर्सा । थारु कल्याणकारणी सभा पर्सा द्वारा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।हिन्दुहरुको महान पर्व होलि फगुवाको सुभ अवसरमा था.क.स.पर्सा द्वारा आयोजित शुभकामना आदानप्रदान तथा समान कार्यक्रमको आयोजना गरिएको थियोे।कार्यक्रमको अध्यक्ष था.क.स.कार्यबाहक अध्यक्ष भागवत प्र.चौधरी,प्रमुख अतिथि केन्द्रिय सदस्य बृजमोहन चौधरी,अतिथि केन्द्रिय पार्सद महेन्द्र चौधरी, नन्दकिशोर पन्जियार,पटेर्वा गा.पा.उपाध्यक्ष ममता महतो,पर्सागढी१ वडा अध्यक्ष राजकपुर खावाश, बिरेन्द्र महतो,बासुदेव थारु,अशोक चौधरी,मुकेश गौरो,कृष्ण चौधरी,अर्चना चौधरी,राजु प्र.थारु,बेदनाथ महतो,सुरेश दास,अमय दास,मोहन दास, हरि पन्जियार,जङ्ग्बहादुर दास,नागेन्द्र प्र चौधरी,शेखर चौधरी,सन्जय पन्जियार, बैजनाथ महतो,सम्भु महतो थारु नागेन्द्र चौधरी,दिपेन्द्र चौधरी,लगायत विभिन्न थारु संघसंगठनका ब्यक्तित्वहरु समेत थारु समुदायका अग्रज अगुवाहरुको उपस्थिति रहेको थियो।कार्यक्रम पर्सागढी नगरपालिका वडा१ कोइलाभार मन्दिरको प्राङ्गणमा सम्पन्न भएको थियोे।
कार्यक्रममा थारु कल्याणकारणी सभाको पहलमा रामगढवा बिरगंजमा बन्दै गरेको थारु धर्मशाला अब छिटै नै समपन हुनेछ भनेर था.क.स केन्द्रिय पार्सद महेन्द्र महतोले जानकारी गराउनु भएको थियोे।थारु समुदायमा हुन त धेरै नै समस्या रहेको छ तर त्यसमधय बियाजि मिटरमा अधिक मात्रामा समस्या भोग्दै आइरहेका छन त्यस समस्याबाट कसरी मुक्त हुने भनेर जोड दिनुपर्छ भनेर जस्तो लाग्छ र साथै हामी थारु कमिटीमा सामुहिक विवाहलाई अगाडी बढाउनु पर्छ भनेर पटेर्वा सुगौली गा.पा.उपाध्यक्ष ममता महतो थारुले आग्रह गर्नु भयो।कार्यक्रमको सहजीकरण थारु कल्याणकारणी सभा पर्साका सचीव मनोज चौधरीले गर्नु भएको थियो।