वीरगन्ज २४ असोजः नोवेल कोरोना भाइरस कोभिड–१९ महाव्याधीकाबीच प्रदेश नम्बर ५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश १ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश १ सरकारले राजधानीको विषय २३ वैशाख २०७६ मा टुंगो लगाएको थियो । नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।
नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश ७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश ५ ले लुम्बिनी प्रस्ताव गरेको छ ।
प्रदेशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेकाले प्रदेशको नाम कोशी र सगरमाथामध्ये एक हुने तोकिने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा नाम चर्चामा छ ।
चर्चामा आएजस्तै प्रदेशको नाम सगरमाथा तोकिने हो रु अनलाइनखबरको प्रश्नमा मुख्यमन्त्री शेरधन राई भन्छन् ‘बाहिरी चर्चामा आएको विषय मैले पनि हेरेँ । सगरमाथा हिजो छलफलमा आएको नाम हो । तर कतैबाट प्रस्ताव आएको छैन । अहिले छलफल पनि भएको छैन् ।’
उनले सगरमाथा र कोशी विगतमा पनि चर्चामा आएका नाम भएकाले छलफलको विषय बनाउन सकिने बताए ।
पाँच प्रदेशले जातीय पहिचानको मुद्दा त्यागेका कारण प्रदेश १ मा पनि पहिचानको च्याप्टर क्लोज भएको नेकपा नेता बताउँछन् । ‘प्रदेशमा जातीय पहिचान जोडिए नाम टुंगो लगाइसकेका प्रदेशमा पून पहिचानको आवाज उठ्न सक्छ’ नेकपा एक नेताले भने ‘प्रदेश १ को नाम भूगोलका आधारमा टुंगो लाग्छ ।’
‘हिजो पहिचानकै विषयमा सहमति जुट्न नसक्दा नामलाई थाति राखिएको हो’ ती नेताले भने ‘फेरि सोही मुद्दा सम्बोधन हुने सम्भावना न्यून छ ।’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल प्रदेशको संरचना पञ्चायतकै विकसित रुप भएकाले पहिचानको मुद्दा अटाउन नसकेको बताउँछन् । ‘संरचना निर्माण नै पाँच विकास क्षेत्र र १४ अञ्चलका आधारमा बनेको छ’ उनी भन्छन् ‘नाम टुंगो लगाएका प्रदेशले पनि पुरानै नामलाई निरन्तरता दिएका छन् ।’