बिरगंज । पर्साको छुटाछुटै स्थानमा काठमाडौंको एक स्थानद्वरा दलित बस्तीमा शैक्षिक सामग्री वितरण गरेको छ |
गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाडौंका अध्यक्ष सावित्री श्रेष्ठ लामाले सामुदायिक विद्यालयमा अध्यनरत अतिविपन गरिब,जेहन्दार मुसहर,दुशाद,चमार जातीका १६० जना बालबालिकाहरुको १६० सेट स्टेशनरी,स्कुल जुता,चफल र फलफूल,विस्कुल लगाएत अन्य खाधान्न वितरण गर्नु भएको संस्थाका जिमेवर ब्यक्ती गणेश मान लामाले बताएका छन् |
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ पथलवाघटका ८० जना दलित बालबालिका र सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ सिधपुरका ८० जना दलित छात्र छात्रालाई वितरण गरेको संस्थाका पर्सा संयोजक हरि प्रसाद यादवले बताएका छन् | आयोजित कार्यक्रमा गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाडौंका अध्यक्ष सावित्री श्रेष्ठ लामा र सदस्य गणेशमान् लामा र जापान बाट शिक्षामा सहयोग गर्न संस्था child support organization japan का अध्यक्ष स्युन/ सदस्यहरु युहो ,आचुसी पटेर्वा सुगौली गापा-४ का वडा प्रतिनिधि शिवशंकर यादव,स्थानीय पत्रकार प्रमोद यादव,चिरन्जीवी यादव,अनुगमन सहभागी रहेको संस्थाका पर्सा संयोजक हरि प्रसाद यादवले बताएका छन् |
श्री वनदेवी आधारभूत विद्यालय भतौडा,पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ पर्सामा अध्यनरत अतिविपन गरिब,जेहन्दार मुसहर,दुशाद,चमार जातीका बालबालिकाहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न र शिक्षामा दलितको पहुच बढाउन विद्यालयमा पुगेर अनुगमन गरेका छन् | टोली द्वरा अनुगमन गर्दा विधार्थी अनुपातमा शिक्षकको अभाव रहेको र दुई जना शिक्षकको भरमा ३०० जना बालबालिका अध्यनरत रहेको बुझियो |
विद्यालयमा प्रविधि मैत्री वातावरणमा पढाउन र विद्यालयको अन्य शैक्षिक कृयाकलाप अनलाइन गर्न कम्प्युटर लेपटाप,प्रीन्टर आवश्यक रहेको अनुगमन बाट खुलिएको पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ का वडा प्रतिनिधि शिवशंकर यादवले वताएका छन् |
विद्यालयका प्र अ सुभाष प्रसाद दासका अनुसार शिक्षकको अभाव रहेको र प्रविधि मैत्रीपूर्ण वातावरणमा शिक्षण गराउन वातावरण नरहेको र आफुले सरोकारवाला निकायमा जानकारी गराउदा गराउदा थाकेको गुनासो व्यक्त गरेका छन्
child support organization japan का अध्यक्ष स्युन/ सदस्यहरु युहो ,आचुसी ले बस्तीमा वास्तविक आवश्यकता पहिचान गरि जापान बाट सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए | सहयोगी संस्थाका प्रतिनिधिहरुलाई स्थानीय स्वेमसेवक शिक्षिका सुस्मिता कुमारी चौधरीले फुलमाला र गम्छा ओढार विदेशीलाई समापन गरेका थिए |
अनुगमनले पर्साको बिरगंज महानगरपालिकाको वडा नं.२३,प्रसौनी,ईटियाही२२,मनियारी२०,हरपतगंज र ३१ लक्ष्मीपुर दलित बस्तीमा अनुगम गरेको छन् |
पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ का पाहुन माझीको घरमा आगलागी भएकोले निजलाई गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाडौंका अध्यक्ष सावित्री श्रेष्ठ लामाले खाधान्नको लागी ३ हजार सहयोग गर्न भएको हो |