"ससुरार" कवि पं दिपनारायण मिश्र को भोजपुरी काव्य संग्रह हो। ससुरार विशुद्ध भोजपुरी भाषा मा व्यङ्ग्यत्मक रुपले लेखिएको कविता संग्रह हो। जस मा कवि मिश्र ले आफ्नो ससुराली जांदा अथवा ससुराली लाई सम्झींदा आफ्नो मस्तिष्क मा आएका भावना लाई चित्रण गरेका छन। यस काव्य संग्रह लाई कवि मिश्र ले विं सं २०७० सालमा प्रकाशित गराएका थिए जसको प्रकाशक पं दिपनारायण मिश्र वाङ्मय संस्थान रहेको छ। कवि मिश्र लाई भोजपुरी भाषा को भिष्म पितामह पनि भन्ने गरिन्छ। किनभने कवि मिश्र ले आफ्नो मातृ भाषा का लागि दिइएका योगदान अविस्मरणीय छन।
यसरी त कवि मिश्र का थुप्रै कृती हरु छन तर ससुरार पढ्दा चाहिँ मलाई एकदम रमाईलो लाग्यो। पुस्तक का आवरण साधारण र पन्ना हलुका छन। पातलो किसीमका यस पुस्तक मा ससुराली तीर का हरेक पात्र लाई समेटिएको छ। पुस्तक नियाल्दा कहिले हांसो आउँछ त कहिले एकदम रमाईलो लाग्छ। केही घंटा मै पढेर सकाउने खालको यस पुस्तक मा ६ वटा शिर्षक रहेका छन।
पहिलो कविता का शिर्षक नै ससुरार रहेको छ। जुन कविता को नाम ले यस पुस्तक को नाम पनि पर्न गएको छ। यस कविता मा कवि मिश्र ले ससुराली स्वर्ग जस्तै दर्शाएका छन। जहाँ ज्वाईं लाई राजा जस्तो आदर सत्कार हुन्छ। ससुराली आफै खान लाई धौ-धौ किन न होस तर ज्वाईं को आगमन हुंदा ऋण लिएर पनि खूब आदर सत्कार हुन्छ। ससुराली भनेको स्वर्ग जस्तै आनंदित ठाउँ हो भनेर कवि मिश्र ले आफ्नो यस कविता मा चित्रण गरेका छन।
यस काव्य संग्रह का दोश्रो कविता का रुपमा "सास जी" भन्ने कविता लेखिएको छ। जसमा सासू ले आफ्नो छोरीका गुण गान बढाई-चढाई गरि रहेकी छिन। मेरी छोरी फुल जस्तै कोमल छीन। पुरै गाउँमा उनी जस्तो गुणवती कोहीं छैन। भनेर सासू ले आफ्नो ज्वाईं को अगाडी बसी छोरी को बडाई गरि राखेकी छीन भनेर कवि ले चित्रण गरेका छन।
तेश्रो कविता का रुपमा "ससुर जी" भन्ने कविता लेखिएको छ। जसमा ससुरा ज्वाईं को आगमन ले खर्च बढ्छ भनेर चिन्तित हुन्छन। ज्वाईं लाई आफू नजिक बसाएर घर बाट अलगै बस्न सलाह दिन्छ्न र स्वार्थी बन्न भन्छन। परिवार संग बसेर कुनै फाइदा छैन आफू कमाएका पैसा आफै संग राख्न भन्छन। मेरो छोरीलाई हजुर को घरमा धेरै नै सास्ती छ भनेर भन्छन। ससुरा लाई घर बिगार्ने खालको पात्र दर्शाईएको छ यस कविता मा।
यस कविता संग्रह चौथो कविता "सार जी" सब भन्दा ठुलो र रोचक कविता रहेको छ। यसमा सालो को गुण गान खूब गरिएको छ। सालो-भिनाजु को जस्तो नाता यस संसार मा कसैको छैन भनेर लेखिएको छ। सुखी जीवन को मुल मन्त्र भनेको सालो लाई खुशी राख्नु पर्छ। आफ्नो सेवा सुविधा मा कटौती गरे पनि सालो को हरेक सेवा सुविधा को खयाल गर्नु पर्छ। यस कवितामा कवि मिश्र ले सालो लाई सम्पुर्ण सम्बन्ध भन्दा पनि महत्त्वपूर्ण सम्बन्ध बताएका छन।
पाँचौ कविता का रुपमा "सरहज जी" भन्ने कविता उल्लेख गरिएको छ। सरहज भनेको सालो को पत्नी जसलाई खुशी पार्दा ससुरालीको आदर सम्मान मा झन वृद्धि हुन्छ भनेर यस कविता मा उल्लेख गरिएको छ। ससुराली को खुशी को ताला भनेको सरहज हुन भनेर यस कविता मा चित्रण गरिएको छ। उनलाई लोभ्याउन पायो भने ससुराली को हरेक पात्र को मनमा राज गर्न सफल भइन्छ भनेर कवि मिश्र ले लेखेका छन।
यस कविता संग्रह छैठो,अन्तिम र सबभन्दा रोचक कविता का रुपमा "सारिन जी" भन्ने कविता रहेको छ। सालीको बखानै- बखान ले भरिएको यस कविता मा विभिन्न लोभ्याउने शब्द हरु प्रयोग गरेर लेखिएको छ। साली जस्ती पनि होस तर भिनाजु को नजर मा उनी स्वर्ग की अप्सरा नि हुन्छीन। जुन ससुराली मा साली को उपस्थिति छैन त्यो विवाह अधुरै छ भनेर कवि ले भनेका छन।
प्रिया मिश्र "मन्नु"