बीरगंज । म्याद गुज्जिएको केमिकल र औषधी प्रयोग र भण्डारण प्रकरणमा पक्राउ परेका नेशनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक शाहनवाज अंसारीलाई बचाउन कलेज प्रशासनले एकपछि अर्को झुठको खेती गरी रहेको छ ।
शुरुमा पक्राउ परेका कलेजका एमडी एवं ल्याब प्रमुखलाई थुनामा जानबाट बचाउन कलेजका प्रशासक शेखचान्द ताराले बिरामीको नाटक गर्न लगाएका थिए । उनीहरुको नौटकी अनुसार राती नै छातीमा पेन र व्लड प्रेसर हाई भएको भन्दै दुवै जनालाई प्रहरीले वीरगञ्जस्थित नारायणी अस्पताल पुऱ्याएका थिए ।
पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले बिरामी भए नारायणी अस्पतालमै भर्ना गर्न निर्देशन दिएका थिए। तर उनका आफ्न्तहरु नारायणी अस्पतालमा उचार सम्भव नहुने भन्दै नेशनल मेडिकल कलेजमै लानदिन दवाव दिएका थिए । तर पर्सा प्रहरीले नमानेपछि राती नै नारायणी अस्पताल भर्ना रेफर गराएर व्योधा अस्पतालमा पुऱ्याएका थिए ।
नारायणी अस्पतालका मेसु चितरञ्जन साहसँग बुझदा राती समान्य व्लड प्रेसर रहेको तथा भर्ना गर्ने स्थिती समेत नरहेको पत्रकारहरु प्रतिक्रिया दिएका थिए । तर त्यसको विपरित मेसु साहकै निर्देशनमा नारायणी अस्पताल प्रशासनले रेफर गर्दा छातीमा पेन रहेको भन्दै आईस्युमा भर्ना गर्नु पर्ने लेखेर रेफर गरेका थिए । जसबाट स्पष्ट हुन्छ कि कानुनलाई कमजोर गर्न नारायणी अस्पतालले झुठो बिवरण बनाएको थियो ।
समान्य बिरामीलाई आईस्युमा भर्ना गर्न मेसु साहलाई कसको दवाव थियो। त्यो खुल्न बाकी रहेको छ । नारयाणी अस्पतालको डक्टरहरुकै सल्लाह अनुसार प्रहरीले नेशनल मेडिकल अस्पतालमा लान नदिएपछि बीरगंजको ब्योधा अस्पातलको आईस्यु कक्षमा भर्ना गरिएको थियो । तर स्रोतका अनुसार व्योधाले पनि राम्रो उपचार दिन नसेकेपछि राती १ बजे तिर फेरी परिवारका सदस्यहरुले एमडी अंसारीलाई नेशनल मेडिकल कलेजमै लान कसरत गरेका थिए ।
तर पर्सा प्रहरीकै निर्देशन अनुसार नै प्रहरीले अर्को अस्पताल अपसनको रुपमा खाजेका थिए । त्यस पश्चात गण्डक स्थिती बीरगंज हेल्थ केयर अस्पतालमा राती १:३० बजे व्योधाबाट हेल्थ केयरमा सिफ्ट गरिएको थियो । अस्पताल स्रोत तथा उपचारमा समलग्न चिकित्सकहरुका अनुसार उनलाई शुरुमा ब्लड प्रेसर तथा छातीमा दुखाई रहेकोमा बिहान सम्म हल्का डाईरिया र ज्वरो पनि देखिएको छ । घटना बारे प्रहरीले पनि सही प्रतिक्रिया दिन चाहेका छैन्।
दोषी देखिए कानुनी कारवाही गर्ने हिसावमा पर्सा प्रहरी काम गरी रहेको तथा कसैको दवाबमा नपर्ने र २ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रतिक्रिया पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले दिएपनि थुनामा राख्नु पर्ने व्यक्तीलाई झुठा बिवरण बनाई प्रहरीले नै अस्पताल भर्ना गराउन सहयोग गरेको हो कि ? भन्ने अंशकाहरु उब्जिएको छ ।
अर्को तर्फ छातीको दुखाई डाईरिया र ज्वरोमा कसरी रात भरीमा परिवर्तन भयो गम्भीर प्रश्न उब्जिएको छ। स्रोतलाई हवाला दिने हो भने एमडी अंसारीलाई कुनै बिमारी नरहेको तथा उनका बुबा डा. जैनुदिन अंसारीको प्रभाव र दवावमा प्रहरी प्रशासन एवं राजनितिक दलका प्रतिनिधिहरु काम गरी रहेका छन् । सानालाई ऐन र ठूलालाई चैन पुरानै शैलीमा पर्सा प्रहरी चलेको हो कि भन्ने आम पर्सावासीको बुझाई छ ।
एमडी अंसारीले एका तर्फ बिरामीको नाटक गरी रहेका छन् भने अर्को तर्फ प्रहरी प्रशासन एवं अनुगमन टोलीले गरेको कामको प्रेस बिज्ञप्ती निकालेर बिरोध गरी रहेका छन् । कलेज प्रशासनले मंगबार बिहान एक प्रेस बिज्ञप्ती प्रकाशित गरी अनुगमन टोलीले द्वेषपूर्ण एवं पूर्वाग्राही भएर काम गरेको भन्दै अनुगमन तथा अनुसन्धानमा देखिएका सम्पूर्ण कुराहरुलाई खारेज गरेको थियो भने दिउँसो अस्पतालका स्वास्थ्यकर्मीले एमडीलाई रिहा गर्नु भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको मुलगेट अगाडी प्रदर्शन गरेका थिए ।
उत्ता अस्पतालका एमडी अंसारी बेडमा आराम गर्ने बहानामा दिनभरी मोबाई खेलाई रहेका छन् भने आफ्न्तहरुसँग कुराकानी गर्न व्यस्थ रहेका छन् । आईस्यु भर्ना भएको कारण हतपती कसैलाई चिकित्सकहरुले प्रवेश दिदैनन् । तर एमडी अंसारीको कक्षमा भने त्यतो कुनै प्रोटोकल अपनाइएको छैन् । उनलाई गेष्टहाउसमा पाईने सुबिधा दिइएको छ । उनी दिनभरी आफन्तलाई भेटन र कुराकानी गर्नमै व्यस्थ भइरहेका छन् ।