वीरगञ्ज। वीरगञ्जको बिभिन्न वडा भएर बग्ने सरिस्वा नदि अहिले निकै दुर्गंधका साथ बगिरहेको छ । कालो र बाक्लो छायी मिसाबट भई बगिरहेको नदिको पानीमा छठ ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने तयारीमा छन् । बिभिन्न उद्योगको प्रशोधन बिनाको पानी सिधै नदिमा मिसावट गरिएकोले नदिले आफनो रुप परिवर्तन गरेको हो । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । मधेस संस्कृतिका जानकारीहरूका अनुसार विभिन्न पोखरी, तलाउ तथा नहरको किनारमा अर्घ्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ ।
विभिन्न पोखरी, तलाउ तथा नहरको किनारमा अर्घ्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ । तर महानगर भित्र बग्ने सरिस्वा नदिको पानी प्रदुषणको पुर्ण चपेटामा परेको छ । पछिल्लो समय वीरगञ्ज महानगरपालिकाले नदि प्रदुषण गरेको भन्दै अनुगमन टोलिले केहि उद्योगहरुलाई ५ लाख सम्मको जिरिवाना समेत गरेको ईतिहास छ । जरिवाना पछि कात्र्तिक महिनामा परेको छठमा सो नदि प्रयोग गर्नेृ बतालुहरुलाई पानी सफाभएको महशुस गरेका थिए । चैते छठमा भने पानी साबिक रुपमा बगि रहेको छ । पिडा भने श्रधालुहरुमा थपिएको छ ।
के भन्छन नदिमा लागेका अभियन्ता ?
नदीमा सफा पानी नभएपछि छठ पूजाको अर्घ्य दिनका निमित्त स्थानीयहरूले कृत्रिम पोखरी बनाएका छन् । नदीको पानी दुर्गन्धित र स्वास्थ्यका लागि समेत प्रतिकूल भएपछि छठ व्रतालुहरूले कृत्रिम पोखरी बनाइएका हुन । सरिस्वा नदि प्रदुषण मुक्त अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मी नदि प्रदुषण मुक्त बनाउन धेरै संघर्ष गरिएको भए पनि हाल सम्म नदिलाई न्याय दिलाउन नसकिएको बताउनु हुन्छ । नदि नियन्त्रण तथा प्रदुषणको सवालमा स्थानिय सरकारले पछिल्लो समय गरेको काम राम्रो भएपनि ठोस नभएको वहाँको प्रतिक्रिया छ ।
स्थानिय सरकारको भुमिका कस्तो छ ?
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पटक–पटक प्रयास गर्दा समेत प्रदेश र सङ्घ सरकारको असहयोग र उद्योगीहरूको अटेरीका कारण नदी सफा हुन सकेको बताएका छन् । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रबाट रहेर कारबाही गरे पनि सङ्घ र प्रदेश सरकारले सहयोग नगरेपछि महानगरले गरेका प्रयासहरू असफल हुने नसकेको नगरप्रमुख सिंहले बताएका छन् । यद्यपि सरिस्वा नदीलाई सफा बनाउन आफूले प्रयास जारी राखेको मेयर सिंहको भनाई छ । श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्स लगायतका उद्योगहरूले प्रशोधन नै नगरी सोझै लेदो र रसायन युक्त पानी छोडेपछि सरिस्वा नदी प्रदूषित हुन पुगेको हो । महानगरले उद्योगहरूलाई समय–समयमा दण्डित गरे पनि उनीहरू पानी प्रशोधन नगरेको देखिएको छ ।
धार्मिक दृष्टिकोण
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइचो लाग्छ । चार दिन सम्म चल्ने चैते छठको आज प्रमुख दिन हो । जहाँ छठ गर्ने व्रतालुहरूले नदी भित्र प्रवेश गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । त्यस्तै भोली बिहान पनि नदी भित्र प्रवेश गरेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिने छन् । यद्यपि नदी सफा नभएको कारण यस पटक व्रतालुहरू कृत्रिम पोखरीबाट अर्घ्य दिन बाध्य भएका छन् । यस कारण धार्मिक आस्था माथि पनि चोट पुगेको छ ।