पर्सा । हत्याको आरोप लगाउँदै पीडित परिवारले किटानी जाहेरी दिँदा समेत पर्सा प्रहरीले वास्ता नगरेको गुनासो आएको छ ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ सखुही जमुनिया निवासी हीरालाल साह ले आफ्नो छोरी निशा भनिने बसन्ती कुमारी को हत्या गरिएको आरोप लगाएका छन।
छोरीको विवाह ४ वर्ष नवित्दै विभिन्न बाहाना देखाउँदै कूट पिट गरी हत्या गरी आत्महत्या गरेको भनेर देखाउन खोजेको पिडित परिवारले बताएका छन्। उनको बहुदर्माई नगरपालिका वार्ड नं ३ नगरदाहा बस्ने स्वर्गिय सिनगासन्न साह का २५ वर्षिय छोरा इनर्जित साह संग करिब ३ वर्ष पहिला हिन्दू रीति रिवाज संग विवाह सम्पन्न भएको थियो । विवाह भएको ४/५ महिना नबित्दै ससुरा पक्ष बाट विभिन्न बाहाना बनाउँदै छोरी बसन्तीलाई मानसिक यातना सहित शारीरिक यातना दिन थालियो ।
त्यसपछि छोरी बसन्ती लाई माईती घर बाट टाढा राख्न र कुट पिट को कुरा जानकारी नदिन मोबाईल फोन समेत खोसिएको कुरा आर्दश इन होटल मा संचार कर्मी संग कुरा गर्दै बुबा हीरालाल साह ले बताए।
एकासी बैसाख १ गते बिहान ७ बजे सासुको मोबाईल बाट बसन्तीले लुकी छिपी आफ्नो आमा संग कुरा गरिन् । कुरा गर्दा गर्दै खाना बनाउन लागेको भन्दै फोन राखेर छोरी खाना बनाउन गइन् भने कुरा उनको आमा चन्द्राउति देवी ले बताइन् ।
शनिबार बिहान ९ बजे गाउँका अन्य व्यक्तिबाट आफ्नो छोरीले आत्म हत्या गरेको खबर आयो । आत्म हत्या गरेको सुन्ने बितिकै आफू आकाश बाटै खसेको झै महसुस भएको पिडीत बुबाले आफ्नो छोरीले नगरी ससुरा पक्षले हत्या गरेर आत्म हत्या गरेको भनेर देखाउन खोजेको बताए ।
उनले ससुरा हजुरबुबा मन्सि साह श्रीमान् इनर्जित साह तथा सासु हरुको मिलोमतोमा छोरी को हत्या गरेर आत्म हत्या गरेको देखाउन खोजेको बताए ।
मृतक छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि सामाजिक परम्परा अनुसार दाहसस्कार गरिएको पीडित बुवाले गुनासो पोखे । उनले घटनालाई सत्यतथ्य छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । उनले आफूले एउटा छोरी गुमाएको बताए ।केटी पक्षले केटा पक्षलाई पक्राउ गरी कार्वाही गर्नुका लागि जिल्ला प्रहरी कार्यलय पर्सामा जाहेरी दिएको भएपनि प्रहरीले उनीहरुलाई पक्राउ नगरेको पिडित परिवारको भनाइ रहेको छ ।
दोषिहरु गाउघरमै रहेको भएपनि प्रहरी किटानी जाहेरीको ३५ दिन म्याद कटाउन लागि परेको पिडिको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले पोस्टमार्टमको रिपोर्ट आएपछि मुद्धा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताउनु भयो।