वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले गत चैत २७ गते काठमाडौंमा भएको जनप्रदर्शनका क्रममा प्रहरीले गरेको दमनको विरोध गर्दै वीरगन्जमा मसाल जुलुस निकालेको छ ।
राप्रपाको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका बर्दियाका राप्रपाका नेता ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको थियो । राप्रपाले प्रहरीको दमनबाट आफ्नो नेताको मृत्यु भएको आरोप लगाउँदै आएको छ ।
राप्रपा पर्साले मृतक डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ ।मसाल जुलुस प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा बर्दियाका जिल्लास्तरीय नेता ठाकुरप्रसाद डाँगीको मृत्यु भएको थियो । उनै डाँगीको शहीद घोषणा गराउन राप्रपा पर्साले प्रदर्शन गरेको हो ।
मसाल जुलुसमा राप्रपा पर्साका नेता जगरनाथ प्रसाद कुर्मी , पानालाल पटेल , अनिल कुमार कुशवाहा , रामेश्वर यादव , मनोहर चौरसिया , छटु साह , राज किशोर यादव , शिव पूजन शाह , परमानन्द शाह , राजेश पटेल , जोगिंदर कुर्मी , दीपेश शाह ,मुकेश शाह ,धीरज पटेल , आयुष गुप्ता र रमेश कापर लगायतको सहभागिता रहेको थियो।