बिरगंज । मिस नेपाल वर्ल्ड श्रीक्षाप्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु महिला स्वास्थ्यको प्रवद्र्धनमा कार्य गर्ने बताउनु भएको छ । नेपाल मेडिसिटी बयोधा अस्पाल वीरगञ्जमा आईतबार आयोजित एक कार्यक्रममा मिस नेपाल वर्ल्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकोले वातावरण संरक्षण र स्वास्थ्य एक अर्काका परिपुरक भएकोले स्वास्थ्य अझ महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनु भयो ।
कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिए पनि विविध कारणले असामान्य रुपमा फैलिरहेकोले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहलगर्ने बताउनु भयो ।
मिस नेपालहरुले विभिन्न माध्यमहरुबाट प्रवद्र्धनात्मक स्वास्थ्यलाई आम जनसमुदाय समक्ष पुर्याईरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताउनु भयो । मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्य जन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेष गरी मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्य सम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउंदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिक लगायतका सहयोग गर्ने अस्पताल प्रमुख रिमालले बताउनु भयो ।
कार्यक्रममा हिडन ट्रेजरका चेयरमेन अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले वीरगञ्जमा पनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउंदा खुशी लागेको बताउनु भयो ।
कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा.अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसका निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
वीरगञ्ज स्थित नेपाल मेडिसिटी अस्पतालले १ सय ५० शैयाको क्षमतामा हाल न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नी अन्तर्गत मेरुदण्ड, जोर्नी प्रत्यारोपण, दूर्घटना जन्य चोटपटक, स्पोर्स इन्जुरी, मुत्र रोग, विविधतथा दूरवीनका माध्यमबाट गरिने शल्यक्रिया, स्त्री तथा प्रसुति, बालरोग लगायतका सेवाहरु उपलब्ध गराउंदै सबै उपचारलाई वीरगञ्ज मै सम्भव बताउने जनाएको छ ।