पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका -५ प्रसौनी भाठ्ठाको श्री मसरुर पब्लिक आधारभूत विधालयका एक बिधार्थीलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर अर्को गाउँमा गइ पढ्न सक्ने अवस्था पनि थिएन्।
तर यतिबेला भने उनको चाहना पूरा हुने भएको छ । गाउँपालिकाले यस वर्षदेखि आफूले गाउँको श्री मसरुर पब्लिक आधारभूत विधालयमा माध्यमिक तहसम्मको पढाइ सुरु गर्ने भएपछि उनको पढ्नका लागि अर्को गाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए । एक जनाले कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य भइन ।
अर्को एक जनाले आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उनी बताउँछिन् ।
कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उनी हर्षित छिन ।
बिन्दबासिनी गाउँपालिका -५ प्रसौनीका बिधार्थीहरुलाई अर्को गाउँको बिधालयमा घरबाट दैनिक जान र आउन सम्भव छैन । जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए । अहिले बिन्दबासिनी गाउँपालिकााले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो ।
अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख कपिल लामिछानेले जानकारी दिए । कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उनको भनाइ छ ।
“यहाँ पढेपछि गाउँपालिकाको झौवा र पकाहाँमैनपुर गाउँपालिकामा नै जानुपर्छ । त्यहाँ जान यहाँका गरिब समुदायलाई सहज थिएन् ।
कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे”, उनले भने, “अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन् । कक्षा थप भएपछि पढाइ छाडेर बसेका विद्यार्थी पनि भर्ना भएको उनले बताए ।
बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले माध्यमिक तहको शिक्षा लिन वञ्चित भएको थाहा पाएपछि कक्षा १० सम्म पढाउने निणर्य गरेका थिए । २०८१ संगै सुरु भएको नयाँ शैक्षिक सत्र २०८१ बाट प्रसौनी भाठ्ठामा संचालित श्री मसरुर पब्लिक आधारभूत विधालयलाई आजदेखि माध्यमिक तहसम्मको पढाइ सुरु गर्न अनुमति दिएका छौ । तिवारीले आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उउनले बताए ।
आफ्नो प्रतिबद्धता पूरा गर्दै आज विधालयका प्र.अ लाई आफनो कार्याकक्षमा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र शिक्षा शाखा प्रमुख लामिछानेको रोहबरमा कक्षा ९ संचालन गर्न अनुमति पत्र प्रदान गरेको उनले बताए ।