जिराभवानी । पशुचौपाया , कुखुराको मासु तथा माछा बिक्री गर्ने स्थानहरु फोहर हुदा पर्साको ग्रामीण क्षेत्रका उपभोक्ताहरुले फोहर र अस्वस्थ्यकर माछा मासु खान बाध्य भएका हुन् । खुल्ला अकाश मुनि सरसफाइ तथा न्युनतम मापदण्ड समेत पालना नगरेको पसलहरुले गर्दा पर्साको ग्रामीण भेगका उप्भोक्ताहरु अस्वास्थ्यकर मासु खान बाध्य बनेका हुन् ।खुल्ला रुपमा बेचिने मासु पसलहरुमा झिगा भन्केको मासु बिक्री हुने गरेको ठाउँ समेत फोहर स्थानमा नै पसल थापी मासु काटीने गरेकाले समस्या थपिएको हो । बाटो, चौर , अबेवस्थीत बजारीकरणले समेत खसी, बोका, कुखुरा, बंगुरहरु काटेर बिक्री हुने गरेको छ । तर स्थानीय निकाय र प्रहरी प्रसाशन पनि यसमा निगरानी गरेको देखिन्न् ।मासु पसल बनाउदा मार्वल लगाएको पक्की हुनुपर्ने , पसलमा प्रयोगहुने भाडाकुडा, पानी, मासु काट्ने औजारहरु सफा लगायत फ्रिज पसल भएको हुनुपर्ने जस्ता मापडण्डहरु रहेपनी यी नियून्तम मापदण्ड मासु पसल सञ्चालकहरुले गरेका हुन्नन् ।
उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण व्यापारीले समेत मापदण्ड पुरा नगरेको उपभोक्ता हित संरक्षण का केही जानकारहरुले बताए पर्साको पोखरीया , जान्किटोला, भीस्वा, सेढ्वा ,महादेवपट्टी ,सुबर्णपुर,मानवा,रङ्गपुर,बिजयबस्ती,ठोरी,लगाएतको हाट बजारमा समेत फोहर स्थानमा मासु माछा बिक्री हुने गरेको पाईन्छ ।