वीरगञ्ज । पर्साको पोखरियामा रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक मोहन बिक्रम केसि आएदेखी इलाका प्रहरी कार्यालय पोखरिया अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न पाएको बिन्दबासिनी गाउँपालिका अध्यक्ष एंव शिक्षाबिद्द प्रमोद तिवारीले बताएका छन ।
खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले क्षेत्रबासी अमन चयनका साथ सांस लिन अनुभुती पाएको स्थानियहरुले बताएका छन ।
केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुरयाउने अठोटले प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव गरेका थिए । ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुखको रुपमा आएको १५ महिनामा प्रहरी निरीक्षक केसिको कमाण्डमा लाखौं लाख बराबरको राजश्व भन्सार दाखीला गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाको तथ्यांकले देखाएको छ ।
नेपाल प्रहरीका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुले भारत संगको खुला सिमा नाकाका कारण हुने अवैध भन्सार छली चोरी निकासीमा कडाई गरेपनि विभिन्न माध्यम अपनाएर गरिएका अवैध भन्सार छलीका समानहरु प्रहरीले गाउँको विभिन्न स्थानहरुबाट बरामद गरि वीरगञ्ज भन्सार तथा राजश्व अनुशनधान कार्यालय पथ्लैयामा बुझाइएको प्रहरी निरीक्षक केसिले जानकारी दिनु भयो ।
१५ महिनाको कार्यकालमा बरामद गरिएका समानहरुमा राँगा , लत्ता, सखर , गेहु , धान , कपडा, हार्डवेयर, किराना सामान, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगाएत रहेका छन । लाखौं लाख रुपैयाको बराबरको अवैध माल सामानहरू बरामद नियन्त्रणमा राजस्व सरकारी कोषमा दाखिला गराउन प्रहरी निरीक्षक केसि सफल भएका हुन ।
प्रहरी निरीक्षक केसि ईलाकामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदै इलाकावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेकोले त्यो कार्यमा कुनै समझौता नगरी आफु गरको बताए ।
लागुऔषधहरु गांजा , फेनारगन , डाईजिल्याब , नुर्फिन , नाईट्राभेट टयाबलेट , कोरेक्स बरामद गरिनुका साथै लागु औषध मुदा लगायत अन्य मुदामा सजाय पाई लुकी छिपी बसेका कै आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिलाई समेत प्रहरी निरीक्षक केसि पक्राउ गरी कैद गराउन सफल भएका हुन । यसैगरी विभिन्न ठाउहरुबाट चोरी भएका दर्जन भन्दा बढी मोटरसाईकलहरु बरामद गरि धनीलाई बुझाइएको उनले बताए ।
सिमा वारपार हुने भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न मातहतका युनिटहरुलाई कडाई गर्न निर्देशन दिई सम्पूणर् अपराधिक गतिबिधी रोकेको प्रहरी निरीक्षक केसिले जानकारी दिए ।
पर्साको ईलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत पर्ने केही पालिकाहरु अति संवेदनशील भए पनि शान्ति सुरक्षा कायम गराउन समेत प्रहरी निरीक्षक केसि सफल भएका हुन् । एकदम भयरहित र शान्तिपूणर् गराउन सफल भएका प्रहरी निरीक्षक केसिलाई स्थानिय बासीहरुको पनि प्रशंसा गरिरहेका छन ।
ईलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत बढी भारतसंग सीमानाका जोडिएका हुनाले अतिसम्बेदनशील मानिएका गाउँपालिकामा शान्तिपूणर् र भयरहित वातावरण बनाउन सफल भएका कारण प्रहरी प्रतिको विश्वास आम जनमानसमा अझै बढ्न गएको छ ।
सीमा नाकामा कडाइ हुन साथ तस्करहरुमा हाहाकार मचेको हो भने कतिपै तस्करहरुले संयोजित तरिकाले प्रहरी निरीक्षक केसिलाई बद्नाम गराउन लागेका थिए भने कति पैसाको प्रलोभनमा पारी प्रहरी निरीक्षक केसिको चरित्र हत्या गराउन समाचार पनि लेखाउन लागेका थिए ।