पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको विशेष गाउँसभा विवादमा परेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारले एकलौटी विशेष सभा गर्न लागेपछि विवादमा परेको हो ।
वडा अध्यक्षहरुलाई नसमेटि मनोमानी ढंगले विशेष सभामा गर्न लागेको भन्दै वडा अध्यक्ष र सदस्यहरुले सभा बहिस्कार समेत गरेको जानकारी दिएका छन् ।
गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत अपनाउनु पर्ने प्रक्रिया समेत नअपनाएर बहुमतको दम्भ देखाउदै एकलौटी ढंगले विशेष गाउँसभा अध्यक्ष कलवारले गर्न लागेको आरोप उनीहरुको छ ।
विभिन्न पदमा ८ वटा गरिएको नियुक्ति गाउँपालिका अध्यक्ष कलवारले खारेज गरेसँगै पालिकामा विवाद उत्पन्न भएको हो । उक्त विवाद लिएर पटक पटक हुने गरेको विवाद अन्त्यका लागि गाउँपालिका अध्यक्ष कलवार लगायत सम्पूर्ण वडा अध्यक्षहरुले ५ दिन अघि एकजुट भई बैठक बसी सहमतिमा जाने निर्णय गरेका थिए ।
सहमति जुटेसंगै पालिका अध्यक्ष कलवारले विशेष गाउँसभा गर्न आव्ह्वान गरेका थिए । अध्यक्ष कलवारकै आह्वानमा राखिएको गाउँसभा सुरु हुनै अघि गाउँपालिका अध्यक्ष कलवार एक एक जना वडा सदस्यहरूलाई बोलाई एकान्तमा लगि हस्ताक्षर गराएर बहुमत पुगेको भन्दै विशेष गाउँसभाबाट वडा अध्यक्षहरुलाई आउट गरेका थिए ।
विशेष गाउँसभाबाट आउट भएका वडा अध्यक्षहरुले सहमति गरी वडा न ३ का वडा अध्यक्ष सञ्जय पटेलको नेतृत्वमा गई वादविवाद गरी माइनुट छिनी च्यातियोको वडा अध्यक्ष पटेलले जानकारी दिए ।
वडाका जनताको चाहाना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दुखद भएको वडा अध्यक्ष पटेलले बताए । उनका अनुसार बेला—बेलामा विवादित बन्दै आएका गाउँपालिका अध्यक्ष कलवारले गत आर्थिक बर्षमा पनि बजेट बिनियोजनमा बिभेद गरेका थिए ।
गाउँपालिका अध्यक्ष कलवारले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउदै आएको आरोप लाग्दै आएको छ ।
हरेक बिकास बजेटमा मनपरी खर्च गर्दै सदुपयोगिता भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको आरोप स्थानीयले लगाउदै आएका छन् । उनी हरेक पटक अख्तियारको नजरमा पर्दै आएका छन् ।