वीरगन्ज । वीरगन्ज कपडा बैंकले दाताहरुको सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले आउदो जेष्ठ १२ गते शनिवार दाताहरुको सम्मान कार्यक्रमको आयोजना गर्ने आइतबार बसेको बैठकले निर्णय गरेको सचिव कन्हैया पटेल ले बताउनु भयो ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा बसेको बैठकमा संस्थाका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, उपाध्यक्ष मोनिका सिंह ,वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय ,सदस्यहरु हरेंद्र पटेल,निला कुमारी राम,संजय मंडल,राज सराफ,अभिलाष गुप्ता, नवराज भट्टराई र कर्मचारी शोभा देवीको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ हामीलाई दिएर जानुस र नहुने वा आवस्यकता भएकोले हामी संग निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत बिगत एक महिना देखि दुख्द रुपमा भैरहेको आगलागी पिडितहरुको घर आगनमै पुगेर दाताहरुले उपलब्ध गराएको निशुल्क कपडा को साथै अन्य सामाग्रीहरु र नगद पनि राहत सहयोग उपलब्ध गर्दै आइरहेको छ । वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्णलाई सम्मान गर्ने गरि हामिले जमर्को गरेका छौ सदा झै सम्पुर्णको साथ सहयोगको लागि हार्दिक आग्रह गर्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष सिंहले हाम्रो काम दाताजन बाट पाएको कपडा लगायत सामाग्रीहरु आवश्यकतामा रहेका , आपतविपत्तिमा रहेका दिन दुखी असहायहरु सम्म पुर्याइदिने भएकोले हाम्रो श्रोतको माध्यम दाताहरु लाई हामी जहिले पनि उच्च सम्मान गर्छौ त्यसैले उहाहरुको सुकार्य प्रती नतमस्तक हुँदै उहाहरुको सम्मान गर्ने गैरहेकोमा साथ सयोग गर्ने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेका हुन ।